३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धितोपत्र बजार : नेप्से पाँच अङ्कले ओरालो

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक पाँच अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ५.०१ अङ्कले घटेर एक हजार १३७.०३ मा पुगेको छ ।

यसैगरी सेन्सेटिभ परिसूचकसमेत १.६४ अङ्कले घटी २४८.५८ मा पुगेको छ । परिसूचक घटेसँगै कारोबार रकममासमेत गिरावट आएको छ । स्टकका अनुसार आज कुल १५९ कम्पनीका सात लाख ३६ हजार ८८३ कित्ता शेयर रु १९ करोड ६६ लाख १८ हजार ९३६ मा खरिदबिक्री भएका छन् ।

स्टकका अनुसार आज कारोबार भएका ११ उपसमूहमध्ये तीन उपसमूहको शेयर मात्र बढेको छ । विकास बैङ्क ७.४३, जलविद्युत् २.७६ र सामूहिक लगानी कोषको शेयर ०.०१ अङ्कले बढेको छ । यस्तै बैङ्किङ ४.९८, होटल १३.२२, फाइनान्स ०.९७, निर्जीवन बीमा १०.८८, उत्पादन १८.९४, अन्य ८.५२, माइक्रोफाइनान्स ७.९१ र जीवन बीमा १०.८१ अङ्कले घटेको छ ।

स्टकका अनुसार कारोबार रकमका आधारमा प्रभु बैङ्क शीर्ष स्थानमा रह्यो । सो बैङ्कको शेयर रु पाँच करोड ४४ लाख ६१ हजार १०८ रुपैयाँमा खरीदबिक्री भयो । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु एक करोड ११ लाख ५१ हजार ३२७, मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको रु ७७ लाख ८७ हजार ९००, एभरेष्ट बैङ्क लिमिटेडको रु ७१ लाख २४ हजार ५९९, एनआइसी एसिया बैङ्कको रु ५९ लाख ९५ हजार ३२६ र नेपाल इन्भेष्टमेन्ट बैङ्कको शेयर रु ४४ लाख तीन हजार ९३३ मा खरीदबिक्री भई शीर्ष स्थानमा रहे ।

परिसूचक घटेपनि ग्लोबल आइएमई बैङ्क समुन्नत स्किम–१ का लगानीकर्ताले ३.९२ प्रतिशतले कमाए । यस्तै एनएलजी इन्स्योरेन्स कम्पनी ३.८७, दिव्यश्वरी हाइड्रोपावर ३.७०, मुक्तिनाथ विकास बैङ्क ३.२८, युनिभर्सल पावर कम्पनी २.५६ र मन्जुश्री फाइनान्स लिमिटेडका शेयरधनीले २.४२ प्रतिशतले कमाए ।

सिद्धार्थ बैङ्कका शेयरधनीले ४.३१ प्रतिशतले गुमाए । यसैगरी मेरो माइक्रोफाइनान्स वित्तीय संस्था ३.४४, नयाँ नेपाल लघुवित्त वित्तीय संस्था ३.०४, गुडवील फाइनान्स कम्पनी २.९६, शिवम् सिमेन्टस् २.७५ र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले २.६१ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस