३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई अर्ब लागतमा कागज उद्योग स्थापना गर्ने प्रदेश ३ सरकारको तयारी

अ+ अ-

हेटौँडा । प्रदेश नं ३ सरकारले मकवानपुरको मनहरिमा रु दुई अर्ब लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । निजी क्षेत्रसँग समेत सहकार्य गरेर स्थापना गरिने उद्योगका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम अगाडि बढाइएको जनाइएको छ ।

मनहरिमा कागज उद्योग स्थापनाका लागि तयारी गरिएको प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले जानकारी दिनुभयो । उद्योग स्थापनालाई बहुवर्षीय योजनामा राखेर काम गर्ने तयारी गरिएको जनाइएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालू आर्थिक वर्षमा कागज उद्योगको डिपिआरका लागि रु ५० लाख छुट्याएको छ ।

निजी क्षेत्रसँगको साझेदारीमा कागज उद्योग खोल्ने तयारी गरिएको बताउँदै मन्त्री नेपालले सरकार मात्रैले उद्योग खोल्दा अरु सरकारी उद्योगको जस्तो हालत हुने भएकाले निजी क्षेत्रसँगको साझेदारीमा उद्योग खोल्ने ‘मोडालिटी’ बनाएको बताए ।

प्रदेश सरकारले निर्माण गर्न लागेको कागज उद्योगका लागि जग्गा अभाव हुन नदिने मनहरि गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए । मनहरिमा सरकारी जमीन आठ हजार रोपनी नापजाँच गरिएको र अरु सरकारी जमीन अतिक्रमण भएका स्थानमा पनि हटाउने तयारी भएको उनले बताए । कहाँ कागज उद्योग बनाउने भन्ने टुङ्गो भए सरकारी जमीनको अभाव हुन नदिने बताउँदै उनले यस्तै खालका सरकारी संरचना मनहरिमा निर्माण गर्ने भनेर मनहरि गाउँपालिका क्षेत्रमा अतिक्रमण भएका जग्गा जमीनको खोजी गरेर भएका अतिक्रमण हटाउँदै गरेको जानकारी दिए । अतिक्रमण हटाउनका लागि उपाध्यक्ष मनिला विष्टको संयोजकत्वमा समिति बनाएर काम शुरु गर्न लागेको उनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस