काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चियापान कार्यक्रम आज हुँदैछ ।
बडा दशैँ, तिहार, नेपाल संवत्–११४०, छठलगायत नेपालीका विभिन्न चाडपर्वको उपलक्ष्यमा नेकपाले आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दैछ ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिने चियापान कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का नामबाट निमन्त्रणापत्र पठाइसकिएको छ ।