२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गलकोटमा पहिलोपटक व्यावसायिक फूलखेती

अ+ अ-

बागलुङ । गलकोटमा पहिलोपटक व्यावसायिक फूलखेती गरिएको छ । स्थानीय महिलाले समूह बनाएर फूलखेती गरेका हुन् । फूलखेती सफल भएको समूहका सदस्य कमला थापा बोहोराले बताइन् ।

‘अहिले एउटा टनेलमा मात्र फूलखेती छ’, उनले भनिन्, ‘तीन महीनामै तयार भयो, केही बेच्यौँ ।’ मासिक रु एक हजारमा जग्गा भाडामा लिई फूलखेती गरिएको उनको भनाइ थियो । फूलखेतीमा रु ३५ हजार लगानी परेको छ । अहिले तिहारलाई लक्षित गरेर सयपत्री फूल उत्पादन भइरहेको छ ।

मौसमअनुसार अरु फूलको पनि व्यावसायिक खेती गर्ने योजना समूहको छ । फूलखेतीमा आकर्षण बढाउन गलकोट नगरपालिका–३ ले गत जेठमा १५ दिने तालीम दिएको थियो । सुर्खेतदेखि आएका प्रशिक्षकले स्थानीय १५ जनालाई फूलखेतीसम्बन्धी सीप सिकाएका थिए ।

‘तालीम र अनुदानमा बीउ पाएपछि व्यावसायिक रुपमा फूलखेती शुरु गर्‍यौँ’, समूहका सदस्य मीना श्रेष्ठले भनिन्, ‘फूलखेतीलाई थप विस्तार गर्छौं, गलकोटलाई फूलबाट चिनाउँछौँ ।’ समूहमा आबद्ध चार महिला मिलेर व्यावसायिक ‘फार्म’ ‘गलकोट फ्लोरी कल्चर एण्ड नर्सरी’ दर्ता गर्ने तयारीमा छन् ।

४/५ रोपनी जग्गा व्यवस्थापन गरेर फूलखेती र नर्सरी व्यवसायलाई विस्तार गरिने सदस्य श्रेष्ठको भनाइ छ । सयपत्री फूल प्रतिकिलो रु दुई सय, तयारी माला रु एक सय र बिरुवा रु २० मा बेच्ने गरिएको छ । बागलुङ सदरमुकामसहित बजार क्षेत्रलाई लक्षित गरी फूलखेती गरिएको समूहले जनाएको छ ।

समूहबाट पहिलोचोटि बागलुङ कालिका भगवती मन्दिरले दश किलो फूल खरीद गरेको थियो । बागलुङमा हुने शुभकार्य र सार्वजनिक समारोहमा अहिले पनि पोखरादेखि फूल ल्याउनुपर्ने बाध्यता छ । अहिलेसम्म फूलको व्यवस्थित र व्यावसायिक खेती हुन सकेको थिएन । जिल्लाको माग धान्ने गरी उत्पादन गर्ने लक्ष्य समूहले बनाएको छ ।

खादाको सट्टा स्थानीय फूलको प्रयोग बढाउने र उद्यमशीलतामा टेवा पुर्‍याउने उद्देश्यले फूलखेतीमा सहयोग गरेको वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताए । फूलखेतीसम्बन्धी तालीमका लागि गत आवमा वडाले रु एक लाख बजेट छुट्टाएको थियो ।

“परीक्षणस्वरुप गरिएको फूलखेती सफल भएको छ’, अध्यक्ष भण्डारीले भने, ‘फूलखेतीलाई व्यावसायिक रुपमै विस्तारका लागि वडा थप सहयोग गर्न तयार छ ।’

प्रतिक्रिया दिनुहोस