३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेयर बजारमा सामान्य अंककाे सुधार

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.६२ विन्दुले बढेर एक हजार १४०.५८ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९७ विन्दुले बढेर २५०.१४ मा पुगेको छ ।

नेप्से सामान्य अङ्कले बढे पनि कारोवार रकम भने औसतमा समेटिएको छ । कूल १५० कम्पनीको सात लाख १९ हजार ३३० कित्ता शेयर रु २० करोड ९२ लाख छ हजार ६३१ मूल्यमा कारोवार भयो । स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर उकालो लागेको छ ।

निर्जीवन बीमा १०.३४, उत्पादन ३.६ र जीवन बीमा ९.६ विन्दुले घटेको छ । यस्तै बैंकिङ ३.४४ बढ्दा व्यापारको भने कुनै विवरण उल्लेख छैन । होटल १९.४९, विकास बैंक ८.२, जलविद्युत् २.१८, वित्त १.७५, अन्य ६.१७, लघुवित्त ४.६१ र सामूहिक लगानी कोषको पनि विवरण उल्लेख छैन ।

कारोवारका आधारमा आज सिदार्थ बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु तीन करोड ७६ लाख ७४ हजार ६०३ मूल्य बराबरको शेयर कारोवार भएको छ । यस्तै एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर रु तीन करोड ६९ लाख ६० हजार, कृषि विकास बैंक रु एक करोड ४० लाख ४१ हजार ६१२, प्रभु बैंक रु एक करोड २८ लाख ५३ हजार ४७१, शिवम् सिमेन्ट रु ६७ लाख ५० हजार १६७, चिलिमे जलविद्युत् कम्पनी रु ६३ लाख ८९ हजारमा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज आरएमडिसी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.९३ प्रतिशतले कमाए । सिनर्जी पावर ५.५६, ग्रीन डेभलपमेन्ट बैंक ४.९०, सबैको लघुवित्त वित्तीय संस्था ४.७०, ओरियन्टल होटल ३.९० र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ३.८४ प्रतिशतले आर्जन गरे ।

त्यस्तै सिटी एक्सप्रेस फाइनान्स कम्पनी ५.८८, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी ४.९४, हिमालयन पावर पार्टनर ३.४७, नेपाल इन्स्योरेन्स कम्पनी ३.३०, एनएमबी माइक्रोफाइनान्स ३.२५ र एभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले २.९७ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस