३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भन्सार छलीको चिनी नियन्त्रणमा

अ+ अ-

निजगढ । भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएको करीब रु एक लाख ५० हजार बराबरको चिनी प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएको १७ क्विन्टल चिनी कलैया उपमहानगरपालिका–६ बाट बरामद गरेको हो ।

भारतसँग खुला सिमाना भएका कारण पनि तस्करहरुले खुला सिमानाको प्रयोग गरी भन्सार छलीका अवैध सामान आयात तथा निर्यात गर्ने गरेका छन् । प्रहरीले बोरा सिलाउने मेसिन एक थान र विभिन्न चिनी उत्पादक कम्पनीको नाम उल्लेखित २०० थान खाली बोरासमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विकासराज खनालले बताए ।

भन्सार छली नेपाल ल्याएर लुकाइछिपाइ राखेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उक्त सामान बरामद गरेको हो । बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि मूल भन्सार कार्यालय वीरगञ्ज पठाइएको बारा प्रहरीले जनाएको छ ।

कलैया उपमहानगरपालिका–६ बस्ने कलैया उपमहानगरपालिका २५ का दिनेश तिवारी र रमेश तिवारीले सो परिमाणको चिनी भन्सार छली नेपालमा लुकाइछिपाइ राखेको अवस्थामा प्रहरीले बरामद गरेकोे जनाएको छ । उक्त घरभित्रबाट मरिच, छोकडा र केराउलगायतका सामग्रीसमेत फेला पारेको र आन्तरिक राजश्व कार्यालय सिमरा बारालाई जानकारी गराइएको प्रहरी उपरीक्षक खनालले बताए ।

प्रतिक्रिया दिनुहोस