१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोहरेडाँडामा पाहुना घर

अ+ अ-

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मोहरेडाँडामा पाहुना घर सञ्चालन गरिएको छ । सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि मोहरेडाँडा पुग्ने पर्यटकको सुविधाका लागि नेपाल पर्यटन बोर्ड र गाउँपालिकाको सहयोगमा पाहुना घर सञ्चालन भएको हो । २७ लाखको लगानीमा ७० जना क्षमताको दुई वटा पाहुना घरको भवन निर्माण भएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गका कोषाध्यक्ष रमन पुनले बताए।

पर्यटन बोर्डले २० लाख र गाउँपालिकाले दुई लाख अनुदान उपलब्ध गराएको पाहुनाघर बनाउन सामुदायिक लजको आम्दानीबाट पाँच लाख परिचालन गरिएको छ । नागीका १५० घरधुरीले तीन/तीन दिन र हिमाञ्चल माविको ९ देखि १२ कक्षाका विद्यार्थी तथा शिक्षकले एक/एक दिन श्रमदान गरेका थिए ।

पाहुनाघरमा ४० जना पर्यटक र ३० जना गाइड, पोर्टर, भरिया बास बस्न सक्ने क्षमता छ । यसअघि मोहरेडाँडाको सामुदायिक लजमा २० जना क्षमताको दश कोठे एउटा भवन थियो । “पाहुनाको चापसँगै नयाँ भवन बनाएर क्षमता बढाएका हौँ”, पुनले भने, “नयाँ पाहुनाघर बनाएपछि पर्यटकलाई भान्छा र डाइनिङ हलमा सुताउनुपर्ने समस्या हटेको छ ।” समुद्री सतहदेखि तीन हजार ३०० मिटर उचाइमा अवस्थित मोहरेडाँडाको नजिकै बस्ति छैन ।

नागी, घोडेपानी, उल्लेरी हुँदै मोहरेडाँडा भ्रमणमा आउने पर्यटकको सङ्ख्या वर्षेनी बढ्दै गएको मोहरेडाँडा सामुदायिक लजका कर्मचारी ललित खोरजाले बताए । पुनहिलदेखि मोहरे जोड्ने पदमार्ग निर्माण भएको उनले बताए । तीन लाखमा अप्ठ्यारो ठाउँमा सिँढी चिन्ने र झाडी हटाएर सहजरुपमा आवतजावत गर्नसक्ने बनाइएको छ ।

बस्ती नभएकाले यहाँ समुदायको पहलमा आठ वर्षअघि सामुदायिक लज शुरु गरिएको थियो । लजको आम्दानी गाउँका सामुदायिक विद्यालय सञ्चालन, पदमार्गमा पूर्वाधार निर्माण र स्वास्थ्य तथा विपन्न बालबालिकाको शिक्षामा परिचालन गरिएको छ ।

मोहरेडाँडाबाट हिमशृङ्खला, सूर्योदय र पहाडी भूगोलको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । सिस्ने, गुर्जा, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु शृङ्खलाका २० भन्दा बढी हिमाल देखिन्छ ।

फेवाताल, मिर्मीमा कालीगण्डकी थुनेको बाँध, पोखरा बजारसँगै म्याग्दी, पर्वत, बागलुङ, तनहुँ, गोरखा, कास्की, गुल्मी, पाल्पा, अर्घाखाँची, रुकुमलगायत जिल्लाका अग्ला पहाडका टाकुरा पनि देख्न पाउनु मोहरेडाँडाको अर्को विशेषता हो ।

घना गुराँसे जङ्गलको बीचमा रहेको मोहरेडाँडा आसपासका क्षेत्रमा पशुगोठ, जडीबुटी, बोट बिरुवाको अवलोकनसँगै चराचुरुङ्गीका चिरवीर आवाज सुन्दै यात्रा गर्न सकिन्छ । पर्वतको बाँसखर्क, डाँडाकटेरी, म्याग्दीको नांगी, टिकोट र खिवाङ गाविसका बासिन्दाले सञ्चालन गरेको अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गको मुख्य गन्तव्य मोहरेडाँडा हो । रासस

प्रतिक्रिया दिनुहोस