३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मकवानपुरमा डेङ्गु रोगको प्रभाव घट्दै

अ+ अ-

हेटौँडा । मकवानपुर जिल्लाको केही गाउँपालिका, थाहानगरपालिका र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा अहिले डेङ्गु रोगको प्रभाव घट्दै गएको छ ।

मकवानपुरमा गत साउनको पहिलो हप्तादेखि यही असोजको २३ गतेसम्म एक हजार ६०० डेङ्गु रोगीको उपचार भइरहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । रोगीको काठमाडौँ, ललितपुर, चितवनको भरतपुर र हेटौँडाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

डेङ्गु करीब ३० प्रतिशत बिरामी सम्बन्धित चिकित्सको परामर्शअनुसार, घरमै बसेर उपचार गराइरहेको हेटौँडा उपनगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख सुपेन्द्र कार्कीले बताए ।

सो रोगले मकवानपुरको मनहरी, भीमफेदी, बकैयाँ, बाग्मती, राक्सिराङ गाउँपालिका, थाहानगरपालिका र हेटौँडा उपमहानगरपालिकाको विभिन्न वडा प्रभावित भएको थियो ।

हेटौँडा उपमहानगरपालिका, स्वास्थ्य कार्यालय मकवानपुर र प्रदेश स्वास्थ्य निर्देशानालयको संयुक्त आयोजनामा डेङ्गु रोगबाट प्रभावित भएका टोलका घरघरमा जनचेतना परिचालन गरी अनावश्यक जमेको पानी नियन्त्रण गरी लामखुट्टेको प्युपा र लाभा नष्ट गर्ने अभियानलाई तीव्रता दिएको कारणबाट रोगको प्रभाब घटेको हेटौँडा उपमहानगरपालिका हरिबहादुर महतले जानकारी दिए ।

बिरामीलाई तत्काल रोगको पहिचान गर्न लागि हेटौँडा उपमहानगरपालिकाले निःशुल्क किट उपलब्ध गराएको हेटौँडा उपमहानगरपालिकाका कार्यकारी अधिकृत भगवान अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस