३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिल्ला अस्पताल पर्वतमा भाइरलका बिरामीको सङ्ख्या वृद्धि

अ+ अ-

पर्वत । गर्मी मौसम सकिएर विस्तारै जाडो मौसम शुरु हुनै लाग्दा पर्वत जिल्लामा मौसम परिवर्तनका कारण हुने सिजनल भाइरलफ्लूबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या उच्च बनेको छ ।

जिल्ला अस्पताल पर्वतका मेडिकल सुपरिटेन्डेन्ट डा शिशिर देवकोटाका अनुसार सामान्य अवस्थामा अस्पतालको ओपिडी कक्षमा दैनिक २० सम्म बिरामी आउने गरेको भए पनि पछिल्ला केही दिनयता एक सयभन्दा बढी बिरामी स्वास्थ्य परीक्षणको लागि आइरहेका छन् । घाम लागेको बेलामा वर्षा वा वर्षा भइरहेको बेलामा लाग्ने घामका कारण सिजन परिवर्तन हुने बेलामा सिजनलफ्लूको सङ्क्रमण बढ्ने गरेको उनको भनाइ छ । भाइरलको सङ्क्रमण हुन लागेका वा भइसकेकाहरूमा उच्च ज्वरो आउने तथा धेरै दिनसम्म पनि ज्वरो कम हुन नसक्ने, रुघाखोकी लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने, घाँटी दुख्नेजस्ता लक्षण देखापर्ने डा देवकोटाले बताए ।

अघिपछि पनि भाइरलको सङ्क्रमण हुने गरेको भए पनि मौसम परिवर्तन हुने बेलामा भने सङ्क्रमण उच्च हुने उनको भनाइ छ ।

सिजनल भाइरलफ्लूबाट सङ्क्रमण भएको महसुस भएमा आराम गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउनुपर्ने चिकित्सिकको सुझाव छ । कतिपय बिरामीले चिकित्सकको सल्लाहबिना नै एन्टिबायोटिक औषधिको सेवन गरेको समेत पाइएको बताउँदै डा देवकोटाले भाइरलको सङ्क्रमण हुनासाथ एन्टिबायोटिक औषधिको सेवन गर्नु उपयुक्त नहुने बताए । डा देवकोटाका अनुसार भाइरलफ्लूको सङ्क्रमण भएको बेलामा सकेसम्म झोलिलो खानेकुराहरू खाँदै धेरै आराम गर्नु उपयुक्त हुन्छ ।

जिल्ला अस्पताल पर्वतमा अघिल्ला वर्षहरूमा भाइरलफ्लूबाट प्रभावित भएकाहरूको भीड लाग्ने गरेको थियो । तर यस वर्ष देखिएको बिरामीको चाप अघिल्ला वर्षहरूको तुलनामा भने झनै बढी रहेको छ । यस वर्ष लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगको शङ्का लागेकाहरूले पनि तुरुन्तै स्वास्थ्य परीक्षण गर्न आएका कारण बिरामीको चाप अघिल्लो वर्षको तुलनामा झनै बढेको हो । “डेङ्गु र सिजनल भाइरलफ्लूका लक्षण मिल्दाजुल्दा छन्, केहीमा मात्र फरक छ”, मेडिकल सुपरिटेन्डेन्ट डा देवकोटाले भने, “सामान्य ज्वरो आउँदा पनि डेङ्गु लाग्यो कि रु भन्ने शङ्का मान्दै स्वास्थ्य परीक्षणका लागि बिरामीहरू आउनुभएको छ ।”

अस्पताल स्रोतका अनुसार भाइरलबाट प्रभावित भएको शुरुकै अवस्थामा आएका बिरामीलाई औषधि सेवनको सिफारिश गरेर घर फर्काइएको भए पनि कतिपय बिरामीलाई भर्ना गरेर इन्जेक्सनको माध्यमबाट औषधि आपूर्ति गर्नुपरेको छ । गाउँपालिका र नगरपालिकामा रहेका स्वास्थ्यचौकीमा पनि भाइरलका बिरामीको चाप उच्च रहेको स्थानीय पालिकाका स्वास्थ्य संयोजकहरूले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस