३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिरामीलाई निःशुल्क रगत

अ+ अ-

कञ्चनपुर । नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय कञ्चनपुरले सञ्चालन गर्दै आएको रक्तसञ्चार सेवा केन्द्रले बिरामीलाई निःशुल्करुपमा रगत उपलब्ध गराउने व्यवस्था गरेको छ ।

सुदूरपश्चिम क्षेत्रमा निःशुल्करुपमा रगत उपलब्ध गराउने रक्तसञ्चार केन्द्र पहिलो हो । बिरामीलाई रगत परीक्षण र अन्य सेवा उपलब्ध गराएबापत विगतमा रु ७७० प्रतिपिन्ट शुल्क लिदै आएकामा स्थानीय तहले रक्तसञ्चार केन्द्र सञ्चालनका लागि आवश्यक रकम दिन थालेपछि निःशुल्करुपमा रगत उपलब्ध गराउन थालेको शाखाका कोषाध्यक्ष थीरेन्द्रचन्द्र भट्टले बताए ।

उनका अनुसार जिल्लाका नौवटै स्थानीय तहले हालसम्म केन्द्रलाई रु पाँच लाख ५० हजार रकम उपलब्ध गराएका छन् । “निरन्तर सहयोग गर्ने स्थानीय तहले प्रतिबद्धता गरेपछि रक्तदाताले उपलब्ध गराएको रगत निःशुल्करुपमा दिन थालेका छौँ”, उनले भने, “विपन्न र आर्थिक अभाव भएका बिरामीले सहजरुपमा रगत पाउने भएका छन् ।”

योबाहेक केन्द्रलाई सोसाइटीको केन्द्रीय कार्यालयबाट कहिलेकाहीँ मात्रै थोरै बजेट उपलब्ध हुने गरेको थियो । सो रकमले नपुग्ने भएपछि दाताले उपलब्ध गराएको रगत सेवाग्राहीलाई दिँदा शुल्क लिनुपरेको कोषाध्यक्ष भट्टको भनाइ थियो ।

केन्द्रमा रक्त सङ्कलनका लागि आवश्यक सामग्री, प्रयोगशाला, आवश्यक प्राविधिक र प्राविधिक कक्षलगायतका सुविधा छन् । केन्द्रमा वार्षिकरुपमा ६०० देखि एक हजार पिन्ट रगत खपत हुने गरेको छ । मासिकरुपमा भने ५० देखि १०० पिन्ट रगत मात्रै खपत हुँदै आएको छ ।

पूरै रगत जाँच गर्ने ‘स्पिटर मेसिन’ नहुँदा त्यसका लागि केन्द्रले कैलालीको धनगढी पठाउँदै आएको छ । महाकाली अस्पतालमा चिकित्सको अभाव हुँदै आएकाले थोरै मात्र रगतको खपत हुने गरेको छ । सयदेखि ३०० पिन्टसम्म रगत ३० दिनसम्म जगेडा राख्न सक्ने रेडक्रससँग क्षमता रहेको छ । रेडक्रसले रक्तसञ्चार केन्द्र विसं २०५० देखि सञ्चालन गर्दै आएको हो । रासस

प्रतिक्रिया दिनुहोस