२० जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दशैँमा इन्धनको अभाव हुँदैन : निगम

अ+ अ-

काठमाडौं । नेपाल आयल निगमले दशैँका अवसरमा काठमाडौँ उपत्यकालगायत मुलुकभर पेट्रोलियम पदार्थको कुनै अभाव नहुने स्पष्ट पारेको छ ।

पेट्रोलियम पदार्थको आयात नियमितरुपमा भइरहेको र सबै डिपोमा पर्याप्त मात्रामा इन्धन मौज्दात रहेको निगमले जनाएको छ । फूलपातीको दिन उपत्यकाबाट बाहिरिने सवारीसाधनको अवस्थालाई मध्यनजर गर्दै निगमको थानकोटस्थित डिपोले आज उपत्यकामा झण्डै २० लाख लिटर पेट्रोलियम पदार्थ वितरण गरेको छ ।

थानकोट डिपोबाट आज ११ लाख ५० हजार लिटर पेट्रोल र आठ लाख ५० हजार लिटर डिजेल विभिन्न पेट्रोल पम्पलाई पठाइएको डिपोका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए । फूलपातीका दिन निगमका सबै डिपो नियमितझै खुला रहनेछन् ।

‘निगमसँग पर्याप्त मात्रामा इन्धनको मौज्दात रहेको छ, आयात नियमित रहेको छ’, उनले भने, ‘पेट्रोलपम्पले मागे जति नै इन्धन उपलब्ध गराएका छौँ, इन्धनको कुनै अभाव हुँदैन ।’ दशैँलाई लक्षित गर्दै विगत तीन/चार दिनदेखि उपत्यकामा औसत दैनिक आठ लाख लिटर पेट्रोल र डिजेल बिक्री गरिएको निगमले जनाएको छ । निगमले पर्याप्त मात्रामा इन्धन भण्डारण गर्न सबै पेट्रोल पम्पलाई आग्रह गरेको छ ।

उपत्यकाका सबै पेट्रोल पम्पबाट सहजरुपमा इन्धन बिक्री भइरहेको छ । उपत्यकाबाट बाहिरिने सवारीसाधनका कारण इन्धन भर्नेको केही चाप देखिए पनि कुनै पनि पेट्रोल पम्पमा लाइन बस्नुपर्ने अवस्था छैन ।

सरकारी बिदामा पनि डिपो खुल्ने

दशैँको बिदामा पनि इन्धनको अभाव हुन नदिन निगमले सार्वजनिक बिदा भए पनि डिपो आंशिक खुला राख्ने भएको छ । कुनै पनि पेट्रोल पम्पबाट इन्धनको माग आए तत्कालै ‘लोड’ गर्ने गरी कर्मचारीको व्यवस्था गरिएको छ ।

थानकोट डिपोमा मात्र प्राविधिकसहित १५ कर्मचारीलाई तयारी अवस्थामा राखिएको छ । उनीहरुले जुनसुकै बेला पेट्रोल पम्पबाट इन्धनको माग आएमा ‘लोड’ गर्ने प्रमुख उपाध्यायले जानकारी दिए । निगमको थानकोटस्थित डिपोले काठमाडौँ उपत्यकासहित काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोट र रामेछापका केही क्षेत्रका पेट्रोल पम्पलाई इन्धन उपलब्ध गराउँदै आएको छ ।

त्यसैगरी ५ नं प्रादेशिक कार्यालय भैरहवामा पनि सार्वजनिक बिदाको दिन भैपरी कामका लागि अत्यावश्यक कर्मचारीलाई तयारी अवस्थामा राखिएको छ । प्रादेशिक कार्यालयबाट बिक्री वितरण गरिने पेट्रोलियम पदार्थ सहजरुपमा उपलब्ध गराउन १० जना कर्मचारीलाई तम्तयारी अवस्थामा खटाइएको निगमले जनाएको छ ।

यसैगरी १ नं प्रादेशिक कार्यालय विराटनगरले पनि दशैँका बेला इन्धनको अभाव नहोस् भनेर पाँच जना कर्मचारीलाई ‘डियूटी’ मा खटाएको छ ।

उनीहरुले निगमको आपूर्ति तथा वितरण विभाग र स्थानीय प्रशासनसँगको समन्वयमा इन्धन ‘लोड’ गर्ने प्रादेशिक प्रमुख इञ्जिनीयर अशोक साहले जानकारी दिए । सो डिपोमा ९० प्रतिशत इन्धन मौज्दात रहेको छ । बिक्रेताले माग गरेबमोजिम इन्धन उपलब्ध गराइएको उनले बताए।

पेट्रोलियम पदार्थको मूल्य यथावत

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भए पनि निगमले चाडपर्वलाई मध्यनजर गर्दै इन्धनको साविकको बिक्री मूल्यलाई नै यथावत राखेको छ ।

भारतीय आयल कर्पोरेशनले निगमलाई अगष्ट १ तारिखमा पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ छ पैसा, डिजेलमा तीन रुपैयाँ ३६ पैसा, मट्टितेलमा दुई रुपैयाँ ६२ पैसा, हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ ६४ पैसा तथा एलपी ग्यासको मूल्यमा प्रतिसिलिण्डर १५ रुपैयाँ ९८ पैसाले बढेर आएको निगमले जनाएको छ ।

काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु १०७, डिजेल/मट्टितेल रु ९५, हवाई इन्धन (आन्तरिक) रु ९४.५०, हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतिलिटर एक अमेरिकी डलर र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ३५० रहेको छ ।

प्रतिक्रिया दिनुहोस