३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपल्लो डोल्पामा हेपाटाइटिस बी बढ्दै

अ+ अ-

डोल्पा । उपल्लो डोल्पामा प्राणघातक रोग हेपाटाइटिस बीको समस्या बढ्दै गएको देखिएको छ । डोल्पोबुद्ध गाउँपालिकामा गरिएको बृहत् स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराएका ३४३ मध्ये ७० लाई हेपाटाइटिस बी पोजेटिभ देखिएको छ ।

शिविरमा जाँच गराएका ३० प्रतिशतमा हेपाटाइटिस बी पोजेटिभ देखिनु समस्या विकरालनै भएको वीरअस्पताल काठमाडौँका वरिष्ठ कलेजो रोग विशेषज्ञ सुधांशु केसीले बताए । “उपल्लो डोल्पामा हेपाटाइटिसको प्रकोप विकराल छ, प्रत्येक चार जनाको जाँच गर्दा एकजना पोजेटिभ भेटिन्छ, यसरी प्रत्येक वर्ष सङ्क्रमितको सङ्ख्या बढ्दै गए महामारीकै रुपलिने निश्चित छ”, उनले भने ।

यस्तो रोग तिब्बतमा धेरै भएकाले त्यहाँका मानिससँगको हेलमेलका कारण रोग भित्रिएको बताउँदै बच्चा जन्मने बित्तिकै लगाइने हेपाटाइटिस बी
विरुद्धको खोप नलगाइनुले पनि रोगको प्रकोप बढ्दै गएको डा केसीले बताए । हेपाटाइटिस बी सङ्क्रमित सर्वसाधारणलाई समेत रोगका विषयमा कुनै पनि जानकारी नभएको पाइएकाले न्यूनीकरणका लागि स्थानीय सरकारले जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने उहाँको भनाइ छ ।
उपल्लो डोल्पाको धो गाउँमात्रै नभएर, साल्दाङ, भिजेर, छार्का, फोक्सुण्डोलगायतका गाउँका सर्वसाधारणलाई समेत सङ्क्रमण देखिएको छ । प्रत्येक वर्ष सङ्क्रमितको सङ्ख्या बढ्दै गएको शिविर आयोजक संस्था एकएक पाइला नेपालले जनाएको छ । स्वास्थ्य परीक्षणको क्रममा एकै घरका सम्पूर्ण परिवारमा हेपाटाइटिस बीको सङ्क्रमण भेटिएको छ ।

प्राणघातक रोगको रुपमा चिनिने हेपाइटिस बीको पूर्णरुपमा निको पार्ने औषधि हालसम्म नबने पनि असर न्यूनीकरण गर्ने औषधि काठमाडौँमा पाइने बताइएको छ । हेपाटाइटिस बी आफैँमा प्राणघातक रोग भएकाले प्रकोप फैलन नदिन रोगीले प्रयोग गरेको सुई, लुगाफाटो प्रयोग नगर्ने, रोगीको जुठो नखाने र सरसफाइमा ध्यान दिनुपर्ने जिल्ला अस्पताल डोल्पाका डाक्टर मेलिना हमालले बताए ।

प्रतिक्रिया दिनुहोस