३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से ४.६६ बिन्दुले घट्यो

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । पछिल्ला दिनमा लगातार घट्दै आएको बजारको लयलाई पछ्याउँदै बजार ओरालो लागेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.६६ बिन्दुले घटेर एक हजार १२५.१४ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि ०.९८ बिन्दुले घटेर २४६.३३ मा पुगेको छ । कूल १५६ कम्पनीका नौ लाख २४ हजार १९० कित्ता शेयर रु २४ करोड १४ लाख ९८ हजार ५५४ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर बढेको छ ।

यस्तै नौ उपसमूहका शेयर भने ओरालो लागेको छ । विकास बैंक १.४६ र अन्य उपसमूह २.३१ बिन्दुले घटेको छ । बैंकिङ ४.४४, होटल ३४.२१, जलविद्युत् २.४३, वित्त ०.९१, निर्जीवन बीमा ६३.९७, उत्पादन २१.६३, लघुवित्त ६.०७, जीवन बीमा २२.५४ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले घटेको छ ।

स्टकका अनुसार आज कारोवारका आधारमा प्रभु बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु तीन करोड ३६ लाख २४ हजार ३०८ मा कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै सानिमा बैंक रु दुई करोड ५६ लाख ९० हजार ३१७, बैंक अफ काठमाडौँको सङ्घ संस्थापक शेयर रु दुई करोड पाँच लाख ८० हजार, नेपाल लाइफ इन्स्योरेन्स रु एक करोड २३ लाख सात हजार ७१२, कृषि विकास बैंक रु ९६ लाख ६० हजार ८५, शिवम् सिमेन्ट रु ९० लाख ३९ हजार ४५५ र एनआइसिएशिया बैंकको रु ८५ लाख १५ हजार ८८८ मा कारोवार भई शीर्ष स्थानमा रहे ।

घटेको बजारमा आँखु खोला जलविद्युत् कम्पनीका शेयरधनीले ३.७७ प्रतिशतले कमाए । यस्तै हिमालयन पावर पार्टनर २.९४, कृषि विकास बैंक १.९५, नेशनल हाइड्रो पावरका लगानीकर्ताले १.९२ कमाए । त्यस्तै हिमालयन ऊर्जा विकास कम्पनी ८.०३, सिन्धु विकास बैंक ६.२९, गुर्खाज फाइनान्स ६.१४, समता माइक्रोफाइनान्स ६.०५ र माछापुच्छे« बैंकका शेयरधनीले ५.८० प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस