काठमाडौँ । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा कृष्णबहादूर अधिकारी नियुक्त भएका छन् ।
तत्कालिन सिईओ देवेन्द्रप्रताव शाहको अवकाससँगै विगत ६ महिनादेखि डेपुटीको जिम्मेवारी सम्हाल्दै आएका अधिकारीलाई शनिवार बसेको संचालक समितिको बैंठकले ४ बर्षको लागि सिईओमा नियुक्त गरेको हो ।
बैंकको सिइओका लागि १४ जनाले आवेदन दिएकोमा ४ जना अन्तिम छनौटमा परेका थिए ।