काठमाडौं । भन्सार छलेर ल्याइएको ५५ लाख रुपैयाँ बराबरको कपडा टुरिष्ट बसबाट महानगरीय प्रहरी प्रभाग, बूढानीलकण्ठले बरामद गरेको छ ।
महानगरीय प्रहरी प्रभागको टोलीले विष्णुमतीमा रोकि राखिएको बा ५ ख ६९३९ नम्बरको टुरिस्ट बसबाट अवैध कपडा बरामद गरेको हो ।
प्रहरीका अनुसार बसको छतमुनि फल्स बटम बनाएर ४१ वटा सेतो बोरामा राखिएको अवस्थामा भन्सार छलीका कपडा भेटिएका थिए । ती बोरामा ३ हजार ७ सय ४ वटा विभिन्न रंगका रेडिमेट सर्ट भेटिएको जनाइएको छ ।
खानतलासी र बरामदी मुचुल्का तयार गरेर प्रहरीले आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, महाराजगञ्ज पठाएको छ ।
अवैध कपडाका मालिक को हुन् भन्नेबारे खुलेको छैन ।