३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुख महराको सिचुवान प्रान्तका सेक्रेटरीसँग भेटवार्ता

अ+ अ-

सिचुवान । सभामुख कृष्णबहादुुर महराले चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी पेङ दिङ्ह्वासँग भेटवार्ता गरेका छन् । कजाखस्तानको नुरसुल्तानमा सम्पन्न युरेसियन मुलुकका सभामुखहरुको बैठकबाट फर्किने क्रममा आज सभामुख महरासहितको नेपाली प्रतिनिधि मण्डलले सिचुवान प्रान्तका पार्टी सेक्रेटरी पेङसँग भेटवार्ता गरेका हुन् ।

भेटका अवसरमा सभामुख महराले भौगोलिक रुपमा नेपालसँग नजिक रहेको सिचुवान प्रान्त र नेपालको सम्बन्ध राजनीतिक तथा सांस्कृतिक हिसाबले विशिष्ट किसिमको रहेको बताए। नेपाल र सिचुवान प्रान्तको सम्बन्धलाई अझ नियमित र सुदृढ गर्न छेन्दुमा नेपाली महावाणिज्य दूतावास स्थापना गर्न जरुरी रहेको बताए ।

निकट भविष्यमै चीनका राष्ट्रपति सि चिनपिङलाई स्वागत गर्न नेपाल आतुर रहेको भन्दै सभामुख महराले सरकारले भ्रमणको तयारी तीव्रताका साथ गरिरहेको जानकारी दिए। उनले जनवादी गणतन्त्र चीनको ७० औँ वार्षिकोत्सव तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु हुँदै दुई देशबीचको सम्बन्ध झनै मजबुत र बलियो बन्नेमा विश्वास व्यक्त गरे।  ‘बेल्ड एण्ड रोड’ परियोजनासम्बन्धी सम्झौता कार्यान्वयनमा नेपाल प्रतिबद्ध रहेको जनाउँदै सभामुख महराले सरकारले समृद्ध नेपाल, सुखी नेपालीको नारालाई साकार बनाउन पनि सबैसँग सहकार्य गर्दै अघि बढाउने बताएका छन् ।

सिचुवान प्रान्तको भूकम्प प्रभावित क्षेत्र र त्यहाँको पुनःनिर्माणको आफूले अवलोकन गरेको बताउँदै सभामुख महराले नेपालको भूकम्पका बेला चीनले उद्धार एवं राहतका लागि गरेको योगदानको प्रशंसा गरे । सो अवसरमा सिपिसीका सिचुवान प्रान्त सेक्रेटरी पेङले चीन–नेपालबीचको सम्बन्ध सयौँ वर्ष पुरानो रहेको बताउँदै दुई देशका सरकार–सरकार, पार्टी–पार्टी र जनता–जनताबीच विशिष्ट सम्बन्ध रहेकोमा खुशी व्यक्त गरे।

चीनका राष्ट्रपति सिको हुन लागेको नेपाल भ्रमणले दुई देशको सम्बन्ध र आत्मीयता झन उचाइमा जाने विश्वास गर्दै पेङले चीनको तिब्बतबाट शुरु हुने परियोजनाले नेपाल र चीनबीचको यातायात थप सहज हुने बताए । चीनले नेपालको औद्योगिक विकास एवं क्षमता अभिवृद्धिमा सहयोग गर्ने बताउँदै पेङले शिक्षा, स्वास्थ्य, पर्यटन र अन्य सेवामूलक क्षेत्रमा विशेष ध्यान दिने बताए । उनले दक्षिणी सिल्क रोडको शुरुआती विन्दु सिचुवान रहने र बिआरआइले सिचुवान र नेपाललाई नजिकबाट जोड्ने बताए ।

सिचुवान र नेपालले उस्तै खालको प्राकृतिक विपद्को सामना गर्नुपरेको चर्चा गर्दै उनले नेपालमा भूकम्प जाँदा उद्धार र राहतका लागि पहिलो विदेशी टोली पठाउने चीन रहेको बताए। उनले विपद् र अप्ठ्यारो परिस्थितिमा चीन सधैँ असल छिमेकीको भूमिकामा रहने बताए ।

बेइजिङमा सिपिपिसिसीका उपाध्यक्ष लिउसँग भेट

यसैबीच सभामुख कृष्णबहादुर महराले बेइजिङमा बिहीबार चिनियाँ जन राजनीतिक परामर्शदाता सम्मेलन (सिपिपिसिसी)का उपाध्यक्ष लिउ सिनछङसँग भेटवार्ता गरेका थिए। कजाखस्तानबाट नेपाल फर्किने क्रममा सभामुख महरासहितको नेपाली प्रतिनिधिमण्डलले बेइजिङमा भेटघाटको समय निकालेका थिए । भेटवार्तामा दुई देशबीचको सम्बन्ध विस्तार तथा नेपालको संसद र चिनियाँ सिपिपिसिसीबीच सहकार्य गर्ने विषयमा छलफल भएको थियो । भेटवार्तामा प्रतिनिधिमण्डलका सदस्यहरु सांसद मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली र अमृतादेवी अग्रहरी तथा बेइजिङस्थित चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल पनि सहभागी थिए। सभामुख महरासहितको प्रतिनिधिमण्डल शनिबार काठमाडौँ फर्किने छन् ।

प्रतिक्रिया दिनुहोस