विप्लव समूहका उपत्यका इञ्चार्ज विक जेल चलान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विप्लव समूहका उपत्यका इञ्चार्ज विक जेल चलान


प्रशासन संवाददाता

१० आश्विन २०७६, शुक्रबार


काठमाडौं । नेत्रबिक्रम चन्द ‘विप्लव’ समूहका काठमाडौं उपत्यका इञ्चार्ज जेल चलान भएका छन् ।

गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा भएको बम विस्फोट प्रकरणको मुद्दाको पुर्पक्षका लागि असोज ९ गते ललितपुर जिल्ला अदालतले हितमान भनिने उपत्यका इञ्चार्ज तथा पूर्वराज्यमन्त्री नविन विकलाई जेल चलान गर्न आदेश दिएको हो ।

असोज ६ गते ललितपुरको इमाडोलबाट पक्राउ परेका विकलाई नख्खु कारागार चलान गरिएको ललितपुर प्रहरीले जनाएको छ । विप्लव समूहले जिम्मा लिएको नख्खु बम विस्फोटमा परी १ जनाको मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस