पशुपति मित्र माध्यमिक विद्यालयका प्रधानाध्यापकसहित तीन जनाविरुद्ध मुद्दा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पशुपति मित्र माध्यमिक विद्यालयका प्रधानाध्यापकसहित तीन जनाविरुद्ध मुद्दा


प्रशासन संवाददाता

९ आश्विन २०७६, बिहिबार


अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति मित्र माध्यमिक विद्यालय चाबहिलका प्रधानाध्यापकसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार सहायक प्रधानाध्यापक घनश्यामराज काफ्ले, सहायक प्रधानाध्यापक भरतविक्रम बिसी, लेखापाल बद्रीप्रसाद पराजुलीललगायतले विद्यालयको क्यान्टिन निर्माण सम्पन्न भएपश्चात् मूल्याङ्कन गरी रकम निकासा गर्ने प्रयोजनका क्रममा घुस मागेको आरोप लागेको छ ।

उनीहरुले सेवाग्राहीसँग रु एक लाख ५० हजार घुस लिँदै गरेको अवस्थामा केही दिन पहिले पक्राउ गरेको थियो । उनीहरुलाई बिगोबमोजिमको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस