२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फेवाताल बचाउन पहल

अ+ अ-

पोखरा । पर्यटकीय नगरी पोखरास्थित फेवातालमा फैलिएको जलकुम्भी झारले ताललाई कुरुप बनाइरहेका अवस्थामा यसलाई बचाउन बृहत् सरसफाइ अभियान शुरु गरिएको छ ।

वर्षासँगै विभिन्न खोलाले बगाएर ल्याएको जलकुम्भी र करौँते झारका कारण कुरुप बनेको फेवाताललाई सफा र शुद्ध बनाउने लक्ष्यका साथ अभियान थालिएको हो ।

फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिर जाने बाराहीघाटबाट जलकुम्भी झार निकालेर महानगर प्रमुख मानबहादुर जिसीले अभियानको शुभारम्भ गरे । फेवाताल सरसफाई महानगरको प्राथमिकतामा रहेको बताउँदै उनले यतिखेर सिरानबाट अध्यधिक जलकुम्भी झार आएर तालको भू–भाग ढाकेपछि बृहत् अभियान शुरु गरिएको जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा यही १३ गतेसम्मको कार्यक्रम तयार भइसकेको छ । प्रत्येक दिन बिहान ७ देखि ९ बजेसम्म जलकुम्भी झिकिने योजना छ । अभियानमा सुरक्षा निकाय, जनप्रतिनिधि एवं कर्मचारी, पर्यटन व्यवसायी,डुङ्गा व्यवसायी, नागरिक समाजसहित ४०० को सहभागिता थियो ।

पोखरा महानगरपालिकाद्वारा सञ्चालित तालबाट झार झिक्ने अत्याधुनिक मेसिनसहित दुई वटा जेसिभी प्रयोग गरि ३० टनभन्दा बढी जलकुम्भी झार निकालिएको जलकुम्भी झार सरसफाइ समितिका संयोजक पुण्य पौडेलले जानकारी दिए ।

तालबाट जलकुम्भी झारलाई निकालेर सफा बनाउने अभियानमा सहभागी बन्न पोखरेलीलाई आह्वान गर्दै उनले सबैको सहयोगबाट नै ताल सुन्दर र कञ्चन बन्ने विश्वास व्यक्त गरे।

हिउँदको फागुन, चैत र वैशाख महीनामा जलकुम्भी झारको उर्वरस्थान विभिन्न खोलाका मुहानमा नै नष्ट गरी तालको सफाइमा उचित ध्यान दिइने उनको भनाइ छ । पोखरा महानगरपालिका वडा नं ६ बैदामका स्थानीयवासी एवं फेवा डुङ्गा व्यावसायिक समितिका सदस्य ७० वर्षीय वेदनिधि पहारीका अनुसार तालमा यसअघि यति धेरै जलकुम्भी आएको थिएन ।

फेवातालमा पैmलिएको जलकुम्भी झार निकाल्न र ताललाई बाह्रै महीना सफा र सुन्दर राख्न विभिन्न आठ वटा डुङ्गाघाट र जलाहारी समुदायलाई परिचालन गरी स्थायी समाधान खोजिनुपर्नेमा उनको जोड छ ।

अभियानअन्तर्गत आज बाराही घाटभन्दा उत्तरपट्टिको क्षेत्रमा बृहत् सरसफाइ कार्यक्रममा एक सयभन्दा बढी डुङ्गा परिचालन गरिएको फेवा डुङ्गा व्यवसायी सङ्गठनका अध्यक्ष बुद्धिबहादुर नेपालीले जानकारी दिए ।

फेवाताल सरसफाइमा हेभी इक्युमेन्ट व्यवसायी संघ कास्की र विसिसी कन्ट्रक्सनद्वारा दैनिक दुई वटा जेसिभी उपलब्ध गराएको सङ्घका अध्यक्ष निश्चल पोखरेलले जानकारी दिए ।

कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी, उपपमुख मञ्जुदेवी गुरुङ, विभिन्न वडाको वडाध्यक्ष एवं सदस्य, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, नागरिक समाज र वृटिश, भारत, सिङ्गापुरमा भर्ती हुनका लागि तयारी गरिरहेको युवाको उल्येख्य सहभागिता रहेको थियो ।

फेवाताललाई जलकुम्भी झारले ढपक्कै ढाकेपछि पोखरा महानगरपालिकाको आह्वानमा मङ्गलबार बसेको आकस्मिक बैठकले तीनवटै सुरक्षा निकाय, पर्यटन व्यवसायी, फेवा डुङ्गा व्यवसायी, नागरिक समाजसहित विभिन्न संघसंस्थाको सहभागितामा ताल सरसफाइ गर्ने निर्णय गरेको हो ।

नेपालमा कृषि र ग्रामीण क्षेत्रमा काम गरिरहेको जापानी संस्था जाइकाले विसं २०६३ र २०६४ मा फेवातालको अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो । जाइकाको प्रतिवेदनमा युरिया र अन्य रासायनिक मलका कारण फेवातालमा जलकुम्भी फैलिएको उल्लेख छ ।

प्रतिवेदनका अनुसार ताल वरिपरिको खेतीमा रासायनिक मलको प्रयोग, तालमा मिसिने ढल, तालमा हुने फोहर, तालको मुहानमा हुने भू–क्षयका कारण फेवातालमा जलकुम्भी बढेको हो ।

फेवातालमा ४० वर्षअघिदेखि देखिएको जलकुम्भी झार नियन्त्रण गर्न तालका अन्य वनस्पति र जीवजन्तुको प्रजनन नबिगार्ने गरी यसको व्यवस्थापन हुनुपर्ने विज्ञको धारणा छ । झारलाई यसै पुर्ने वा फाल्नेभन्दा पनि ताल क्षेत्रबाट कम्तीमा तीन किलोमिटर पर लगी जलाएर नष्ट गरिनुपर्ने विज्ञ बताउँछन् ।

प्रतिक्रिया दिनुहोस