३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार सहि गतिमा अगाडि बढिरहेको छ : मन्त्री अर्याल

अ+ अ-

भक्तपुर । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले अहिले सरकार सहि गतिमा अगाडि बढिरहेको बताएकी छन्।

राष्ट्रिय सहकारी महासङ्घ लिले भक्तपुरमा आइतबार आयोजना गरेको प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी विषयक दुई दिने प्रादेशिक गोष्ठीमा उहाँले अहिले निरासा बढाउने कोसिस गरिए पनि निरासा हुनुपर्ने अवस्था नभएको बताए ।

नेपाली जनताले लामो सङ्घर्षले प्राप्त गरेको गणतन्त्र सबैले कुशलतापूर्वक काम गरेर जनताको मन जित्न सकियो भने सफल हुन्छ भन्दै मन्त्री अर्यालले राम्रो ढङ्गले काम गर्न र जनताको मन जित्न नसकेमा गणतन्त्र पनि जोगाउन कठिन हुने बताइन् ।

अहिले पनि आक्रमण गर्ने, अविश्वास खडा गर्ने, व्यवस्थामाथि प्रश्न उठाउने गरी चलखेल शुरू भइरहेको भन्दै यी कुरालाई चिर्दै जनप्रतिनिधि सचेत हुँदै सुक्ष्म र सिर्जनशील ढङ्गले जनताको घरदैलोमा लाभान्वित हुने खालको काम गर्न मन्त्री अर्यालले स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरिन् । अब विकासका निम्ति हिजोका नमिलेका पुराना कानूनलाई संशोधन गर्दै जानुपर्ने भन्दै जनताले अनुभूत गर्ने सरकार भनेको स्थानीय तह भएको भन्दै सचेत भएर काम गर्न उनले स्थानीय पालिकालाई आग्रह गरिन् ।

मन्त्री अर्यालले खासगरी योगना बाँडफाँटका क्रममा हुने गरेका बेथितिलाई रोक्दै कागज मिलाएर व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेलाई नभएर सहीरूपमा जनताको काममा योजना लगाउनेलाई काम दिन आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस