३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज १० गते हुने

अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असोज १० गते बस्ने भएको छ । बैठकमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको पार्टी एकीकरण सम्बन्धमा, भ्रातृ एवं शुभेच्छुकको विधानलगायत विषयमा छलफल हुने बताइएको छ ।

यसबाहेक बैठकमा ‘हिमाल, पहाड, तराई नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ को दोस्रो चरणको समीक्षा र समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । पार्टीले यसअघि उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा नेपाल लोकतान्त्रिक फोरमका साङ्गठनिक संरचना संयोजन समिति गठन गरेको थियो ।

त्यस्तै काङ्ग्रेसले गत भदौ २४ गतेदेखि प्रारम्भ गरेको जागरण अभियान यही असोज ७ गते समापन हुँदैछ । यही बीचमा पार्टीले नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को तदर्थ केन्द्रीय कार्यसमिति गठन गर्ने र नेपाल तरुण दलमा देखिएको विवाद समाधान गर्ने जनाएको छ ।

कांग्रेसले गत भदौ १७ गते सम्पन्न पार्टीको केन्द्रीय कार्यसमिति बैठकबाट भ्रातृ एवं शुभेच्छुक संस्थाको विधानको मापदण्ड तयार गरेर सैद्धान्तिक विषयमा एकरूपता गर्ने सम्बन्धमा आवश्यक गृहकार्य गर्न सुझाव समिति गठन गरेको थियो । पार्टीका केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वको सो समितिमा केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, ईश्वरी न्यौपाने, श्यामकुमार घिमिरे, गोविन्द भट्टराई, गुरुराज घिमिरे र प्रदीप पौडेल सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस