२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँमा छ हजार घर पुनःनिर्माण

अ+ अ-

दमौली । तनहुँका छ हजार ९५ भूकम्पपीडितले घर पुनःनिर्माण गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, गोरखाका अनुसार भदौ मसान्तसम्ममा १३ हजार ९४६ लाभग्राहीमध्ये ४३ प्रतिशतले घर निर्माण गरेका छन् ।

आयोजना कार्यान्वयन एकाइका प्रमुख इन्जिनीयर सुनिता श्रेष्ठका अनुसार छ हजार १२८ लाभग्राहीले तेस्रो किस्ता बापतको रकम बुझेका छन् । जिल्लामा १३ हजार ३३७ लाभग्राहीसँग अनुदान सम्झौता भएको थियो । बाह्र हजार ९८० लाभग्राहीले पहिलो किस्ता बुझे पनि आठ हजार ८५० लाभग्राहीले आवास निर्माण शुरु गरेका थिए । यस्तै आठ हजार १३३ लाभग्राहीले दोस्रो र छ हजार १२८ लाभग्राहीले तेस्रो किस्ता बापतको रकम बुझेको श्रेष्ठले बताए ।

बन्दीपुर गाउँपालिकाका ४८१, आँबुखैरेनी गाउँपालिकाका ४३९, शुक्लागण्डकी नगरपालिकाका ८०३, व्यास नगरपालिकाका ९७२, ऋषिङ गाउँपालिकाका २२४, म्याग्दे गाउँपालिकाका ५६६, देवघाट गाउँपालिकाका २४७, घिरिङ गाउँपालिकाका ११५, भानु नगरपालिकाका दुई हजार दुई र भीमाद नगरपालिकाका २९७ लाभग्राहीले तेस्रो किस्ता बापतको रकम बुझेका छन् । सो एकाइमार्फत जिल्लामा तीन सरकारी कार्यालयको भवन निर्माण सम्पन्न भएको छ भने एउटा कार्यालयको निर्माण सम्पन्न हुँदैछ ।

रु एक करोड ५९ लाख ४० हजार लागतमा घरेलु तथा साना उद्योग विकास समिति, रु दुई करोड ६५ लाख चार हजार लागतमा डिभिजन वन कार्यालय र रु दुई करोड १४ लाख ९० हजारको लागतमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको भवन निर्माण गरिएको हो । सो कार्यालयमार्फत तनहुँ र गोरखामा निजी आवास, सरकारी कार्यालय भवन, एकीकृत बस्ती तथा पूर्वाधार र स्वास्थ्य संस्थाका भवन पुनःनिर्माणको काम भइरहेको छ ।

जिल्लाका आठ हजार ३२४ घरधुरीको छुट तथा पुनःजाँच सर्वेक्षण गरिएको छ । लाभग्राही सूचीमा नपरेका सर्वसाधारणको गुनासोको आधारमा गत वैशाखमा दश स्थानीय तहमा सर्वेक्षण गरिएको योजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) तनहुँले जनाएको छ । नौ हजार ७९२ घरधुरीले छुट तथा पुनःजाँच सर्र्वेक्षणका लागि फाराम भरेको एकाइ प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस