२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश सरकार आर्थिक समृद्धिका लागि प्रतिबद्ध : मुख्यमन्त्री पौडेल

अ+ अ-

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आर्थिक समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । । संविधान दिवस मुल समारोह समिति प्रदेश नं ३ द्वारा आज हेटौँडामा आयोजित समारोहमा उनले संविधानसभाबाट जारी गरिएको संविधानमा बहुभाषिक, धार्मिक, पूर्ण प्रेस स्वतन्त्रता र लोकतन्त्रको ग्यारेन्टी गरिएकाले अब जनताले आफ्नो अधिकार प्राप्तिका लागि आन्दोलन गर्नु नपर्ने बताए ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेअनुुसार प्रदेशको १३ जिल्लामा राष्ट्रिय गौरवको आयोजनाको बाँडफाँट गर्नाका साथै जनतालाई शान्तिसुरक्षाको प्रत्याभुति गराई आर्थिक समृद्धिका लागि बजेट कार्यान्वयन गर्दै लैजाने विश्वास व्यक्त गरे। उनले प्रदेश सरकारले जनहितका लागि प्रदेशसभाको चौथो अधिवेशनबाट ४५ विधेयक पारित गरेको तथा ३८ विधेयक प्रमाणीकरण भइसकेको स्पष्ट पारे ।

मुख्यमन्त्री पौडेलले संविधान दिवसको उपलक्ष्यमा आयोजित पाँच किलोमिटर दौड प्रतियोगिताका विजयी नेपाली सेनाका हेटौँडास्थित सुपारेटार ब्यारेकका जवानलाई नगदसहित प्रमाणपत्र वितरण गरे ।

संविधान दिवसका अवसरमा भुटनदेवी माविको चौरमा भेला भई आयोजित र्‍यालीले हेटौँडा नगरको परिक्रमा गरी मकवानपुरको बहुमुखी क्याम्पस परिसरमा पुगेपछि कार्यक्रममा परिणत भएको थियो । र्‍यालीमा प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइराला, मुख्यमन्त्री पौडेल, प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ, मन्त्रिपरिषद्का मन्त्रीहरु, प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ, सांसद विरोध खतिवडालगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस