२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन सय ७४ प्रजातिका वनस्पति नेपालमा मात्र

अ+ अ-

ललितपुर । वन तथा वातावरण मन्त्रालय, वनस्पति विभागका अनुसार ३७४ प्रजातिका वनस्पतिहरु नेपालबाहेक अन्य मुलुकमा पाइँदैनन् । विभागका कर्मचारीद्वारा आज अङ्ग्रेजीमा प्रकाशन गरिएका दुई पुस्तक ‘फ्लावरिङ प्लान्ट्स डिस्कभर्ड फ्रम नेपाल’ र ‘अ हयान्डबुक अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल’ नामक फूल फुल्ने पुस्तक विमोचन कार्यक्रममा उक्त कुराको जानकारी गराइएको हो ।

विभाग र ‘हर्वेरियम’ मा कार्यरत छ कर्मचारीद्वारा लिखित सो पुस्तकमा नेपालमा मात्र पाइने यी प्रजातिबारे उल्लेख गरिएको राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला गोदावरीका अनुसन्धान अधिकृत तथा कृति लेखकमध्येका एक गङ्गादत्त भट्टले जानकारी दिए । ‘‘फ्लावरिङ प्लान्ट अफ नेपाल’ नामक ५२७ पृष्ठको पुस्तक एक हजार प्रति छापिएको छ’, भट्टले भने, ‘यस पुस्तकमा ६७ वनस्पति परिवारका एक हजार ४८० प्रजातिहरुको सूची पहिचान र नामकरण गरी यसका बारे व्याख्या गरेका छौँ ।’ उक्त पुस्तकले नेपालमा फ्लोरा लेखनको साथसाथ वनस्पतिक सम्पदाको उपयोग र दिगो व्यवस्थापनमा मद्दत पुग्ने बताइएको छ ।

विभागका महानिर्देशक तथा लेखकमध्येका एक सञ्जीवकुमार राईले सन् १८०५ देखि सन् २०१९ सम्म नेपालमा पहिलोपटक एक हजार ६५८ फूल फुल्ने वनस्पति प्रजातिहरु पत्ता लागेको तथा नेपाललगायत विश्वका १७ राष्ट्रका ५९ वटा हर्वेरियममा उक्त वनस्पतिहरु संरक्षित रहेको जानकारी दिए ।

विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालका ४५ जिल्लाबाट उक्त वनस्पति सङ्कलन गरिएका हुन् । ‘फ्लावरिङ प्लान्ट्स डिस्कभर्ड फ्रम नेपाल’ पुस्तकका लेखकमा नेपालका वरिष्ठ वनस्पति विज्ञ डा केशवराज राजभण्डारी, विभागका महानिर्देशक राई, उप महानिर्देशक मोहनदेव जोशी, राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला गोदावरीका वरिष्ठ अनुसन्धान अधिकृत सुभाष खत्री, भट्ट र रिता क्षेत्री तथा ‘अ हयान्डबुक अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल’ पुस्तकका लेखकमा राजभण्डारी र राई छन् ।

ती कृतिको विमोचन समारोहमा आज वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालमा भेटिएका सम्पूर्ण वनस्पति र बोट विरुवाको महत्वलाई सर्वसाधारण जनतासम्म पु¥याउन जरुरी रहेको बताए । उनले वनस्पति क्षेत्रको विधा फराकिलो बनाउँदै लैजान आवश्यक रहेको औँल्याए । विभागले अध्ययन, अनुसन्धान र अवलोकन गरेको जानकारी सर्वसाधारण जनताले बुझे मात्र वनस्पति संरक्षण र उत्पादनमा जोड पुग्ने मन्त्रीको भनाइ थियो ।

मन्त्रालयका सचिव डा विश्वनाथ वलीले दुवै पुस्तकमा नेपालको वनस्पति क्षेत्रको नीति र विज्ञानलाई एकैपटक समेटेर लाने क्षमता भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस