१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनावी अभियानलाई लक्षित गरी गराइएको विस्फोटमा २४ को मृत्यु

अ+ अ-

काबुल, अफगानिस्तान । अफगानिस्तानका राष्ट्रपति असरफ घानीको चुनावी अभियान प्रभावित गर्ने लक्षका साथ गराइएको विस्फोटमा कम्तीमा २४ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

मङ्गलबार स्थानीय अस्पताल स्रोतले पारवान प्रान्तको मध्यभागमा भएको घटनामा २४ जनाको मृत्यु भएको र ३२ जना घाइते भएका पुष्टि गरेको छ ।

पारवान अस्पतालका निर्देशक डा. अब्दुल कासिम साङ्गीनले भने, ‘राष्ट्रपति घानीको चुनावी अभियानलाई विथोल्ने उद्देश्यबाट गराइएको विस्फोटमा मर्ने तथा घाइते हुनेहरूमा महिला तथा बालबालिकासमेत रहेका छन् ।’ विस्फोटका समय राष्ट्रपति घानी भने करिब एक किलोमिटर टाढा रहेका थिए ।

मोटरसाइकलमा आएको एक व्यक्तिले राष्ट्रपतीय निर्वाचनका लागि घानी सहभागी चुनावी र्‍यालीले प्रयोग गर्ने बाटोमा सुरक्षार्थ बनाइएको पहिलो सुरक्षा परीक्षण केन्द्रमा विस्फोट गराएको थियो ।

काबुलको मध्यभागमा पनि आजै भएको अर्को एक विस्फोटमा पनि केही व्यक्ति सख्त घाइते भएको जनाइएको छ । यसबारे थप जानकारी आउन केही समय लाग्ने अफगानी गृहमन्त्रीले जानकारी गराएका छन्। रासस/एएफपी

प्रतिक्रिया दिनुहोस