३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेङ्गु सङ्क्रमितको सङख्या दुई हजार नाघ्यो

अ+ अ-

चितवन । जिल्लाका अस्पतालहरुमा साउन महिनायता उपचार गर्न आएका दुई हजार ४६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । छ हजार ६३९ जनाको नमूना परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार दैनिक सङ्ख्या सङ्क्रमित बढ्दै गएको छ । सरकारी र निजी अस्पतालहरु ज्वरोका बिरामीले भरिएका छन् । डेङ्गुको सङ्क्रमण बढेसँगै जनचेतनाका कार्यक्रमहरु निरन्तर रुपमा भइरहेको उनले जनाकारी दिए ।

स्वास्थ्यसचिव डा पुष्पा चौधरी सोमबार यहाँ आई सरोकारवालाहरुसँग अन्तरक्रिया गरेर मातहतका निकायमा आवश्यक निर्देशन दिएको तिवारीले जानकारी दिए । तिवारीका अनुसार सचिव चौधरीले सबै निकायको संयुक्त प्रयास बिना रोग निधान नहुने भएकाले समन्वय गरी काम गर्न उनले निर्देशन दिएका छन् ।

लार्भा खोज र नष्ट गर अभियान नै उपयुक्त विकल्प भएकाले सोहीअनुसार अघि बढ्न सचिव चौधरीले सबैसँग आग्रह गरेका छन् ।

डेङ्गुका बिरामी थपिँदै जाँदा परीक्षण गर्न कीट अभाव हुने गरेको छ । जसका लागि सहयोग पुर्‍याउन उद्योग वाणिज्य संघचितवनले आज भरतपुर अस्पताललाई ५०० वटा कीट उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको उपस्थितिमा संघका अध्यक्ष सहनलाल प्रधानले भरतपुर अस्पतालका निमित्त प्रमुख डा. प्रकाश खतिवडालाई कीट हस्तान्तरण गरेका हुन् ।

यसअघि भरतपुर महानगरपालिकाले एक हजार वटा र रोटरी क्लबको अगुवाइमा ५०० वटा कीट अस्पताललाई उपलब्ध गराइएको थियो । भरतपुर अस्पतालमा दैनिक ४०० भन्दा बढी ज्वरोका बिरामी आउने गर्दछन् । यसमध्ये १५० हाराहारीको डेङ्गु परीक्षण गरिने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा निशुल्क रुपमा डेङ्गु परीक्षण हुन्छ भने निजीमा महङ्गो शुल्क तिर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस