२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाजको हितमा काम गर्नेलाई सहयोग हुन्छ : मुख्यमन्त्री गुरुङ

अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक र समाजको हितमा काम गर्ने सामाजिक संघसंस्थाको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सहारा क्लबको २१औँ वार्षिक साधारणसभा तथा ११औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले खेलकूदका माध्यमबाट सामाजिक सेवामा समर्पित सहारा क्लबको भूमिका प्रशंसायोग्य भएको बताए ।

समाजका कठिन परिस्थित एवं असहाय बालकलाई संरक्षण गर्दै क्लबले शैक्षिक, सामाजिक तथा खेल क्षेत्रमा क्रियाशील गराउनुले उनीहरुको समग्र उन्नयनमा टेवा पुगेको उनले बताए । सामाजिक क्षेत्रमा क्लबले देखाएको सक्रियता अरुका लागि पनि अनुकरणीय भएको चर्चा गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारकोतर्फबाट सहारा एकेडेमीको प्रशासनिक सञ्चालनमा रु ३० लाख सहयोग गर्ने बताए ।

राज्यले निभाउनुपर्ने उत्तरदायित्व क्लबले पूरा गरेको उल्लेख गर्दै उनले संस्थाको सञ्चालनमा सरकारले नियमित बजेट नै व्यवस्था गरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सामाजिक संस्थामा राजनीतिक प्रभाव हुन नहुने बताउँदै उनले प्रदेश सरकारले सञ्चालन गर्ने विश्वविद्यालयमा राजनीतिक नभई विशेषज्ञताका आधारमा नियुक्ति गरिने स्पष्ट पारे ।

उक्त अवसरमा मुख्यमन्त्री गुरुङले खेल क्षेत्रको विकासका लागि पत्रकारिताका माध्यमबाट योगदान पुर्‍याएको भन्दै क्लबकातर्फबाट पत्रकार सन्देश श्रेष्ठलाई पुरस्कार प्रदान गरे । क्लबले प्रत्येक वर्ष प्रदान गर्दै आएको सो सहारा खेलकूद पत्रकारिता पुरस्कारको राशि रु २० हजार ५५५ नगद, ताम्रपत्र र दोसल्ला रहेको छ ।

सोही अवसरमा यस वर्षको सहारा उत्कृष्ट कर्मचारीबाट शान्ति केसीलाई सम्मान गरिएको थियो । राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले आसन्न दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) लाई लक्षित गरी पोखरा रङ्गशालामा निर्माणाधीन संरचना तीव्ररुपमा बढेको जानकारी दिए।

क्लबका अध्यक्ष केशवबहादुर थापाले सबैको साथ सहयोगमा सहारा एकेडेमी वर्तमान अवस्थासम्म आइपुगेको बताउँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिएको धारणा राखे । महासचिव विश्वराज बरालले क्लबले फुटबलका माध्यमबाट सामाजिक सेवामा निरन्तर क्रियाशील रहेको बताउँदै प्रदेश सरकारले सन् २०१९ मा आन्तरिक भ्रमण वर्ष मनाइरहँदा र तेहौँ सागका विभिन्न खेल पोखरामा हुने तय गरिनुले पर्यटन प्रवर्द्धनमा टेवा पुगेको बताए । उनले एकेडेमीमा हाल विभिन्न १६ जिल्लाका २४ बालक आवासीयरुपमा अध्ययनरत रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस