३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेङ्गु रोग नियन्त्रण बाहिर छैन : सरकार

अ+ अ-

काठमाडौं । सरकारले डेङ्गु रोग नियन्त्रणभन्दा बाहिर नरहेको स्पष्ट पारेको छ । सामाजिक सञ्चालनमा डेङ्गु रोग नियन्त्रण हुन नसकेको भन्दै आलोचना भइरहेका बेला सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले रोग नियन्त्रणको प्रयास जारी रहेको र यसप्रति सरकार सचेत रहेको बताए ।

मन्त्री बाँस्कोटाले आज सिंहदरबारमा भएको नियमित पत्रकार भेटघाटका क्रममा भने, ‘नागरिक, स्वास्थ्य क्षेत्र, मन्त्रालय र अरु संघसंस्थाबाट नियन्त्रणको प्रयास हुँदै आएको छ, रोग फैलँदै गएको भए पनि नियन्त्रण बाहिर भने छैन तर यसले दुःख भने दिएको छ, सबै मिलेर समाधान गर्नुपर्छ ।’ उनले रोग नियन्त्रणप्रति सरकार सचेत रहेको उल्लेख गर्दै नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले गम्भीरतापूर्वक काम गरिरहेको जानकारी दिए ।

पछिल्लो प्रतिवेदनले विश्वमा झण्डै ४० करोड मानिस यो रोगबाट प्रभावित भएको र तीन अर्ब मानिस सङ्क्रमणको जाखिममा रहेको तथ्याङ्क विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको भन्दै उनले नेपालमा बिरामीको उपचारमा स्रोतसाधनको व्यवस्था मिलाउने र जनचेतना फैलाउने काम सरकारले गरिरहेको बताए । एक्लो सरकारी प्रयासले मात्रै नियन्त्रण सम्भव नहुने भनाइ मन्त्री बाँस्कोटाको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको वैशाखदेखि फैलिएको सो रोग देशका ४८ जिल्लामा देखापरेको छ । वैशाख महीनायता करीब ७० हजारले रोगका बारेमा स्वास्थ्य परीक्षण गराएकामा झण्डै छ हजार रोगको सङ्क्रमणबाट प्रभावित हुन पुगेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बुधबारसम्म सो रोगका कारण सिन्धुपाल्चोकमा एक, सुनसरीमा एक, चितवनमा एक, काठमाडौँमा दुई र डोटीमा एक गरी छको मृत्यु भएको छ ।

एडिस एजेप्टाइ जातको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु रोग सर्छ । रोग लागेमा ज्वरो आउने, टाउको दुख्ने आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउने, अरुचि हुने, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्ने पेट तथा आन्द्रामा गडबडी हुन्छ । मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु नै रोगबाट बच्ने प्रमुख उपाय हो । पूरा शरीर ढाकिने गरी कपडा लगाउने, घर वरपर सफा राख्ने, पानी जम्न नदिने, पानी राख्ने भाँडाजस्तै पानी ट्याङ्की, ग्रागी, बाल्टिन, ड्रम, बट्टाआदि सधैँ छोपेर राख्नुपर्ने चिकित्सकको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस