२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगामी महाअधिवेशनबाट कांग्रेसभित्रको गुटबन्दी अन्त्य हुने

अ+ अ-

गाईघाट । नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र धनराज गुरुङले पार्टीभित्र लामो समय देखिको चरम गुटबन्दी पार्टीको आगामी १४ औँ महाधिवेशनबाट अन्त्य हुने बताएका छन् ।

मङ्गलबार १०६ औँ बिपी जयन्तीको अवसरमा पार्टीको दोस्रो जनजागरण अभियानअन्तर्गत नेपाली काङ्ग्रेस उयदयपुरले गाईघाटमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा केन्द्रिय सदस्य तथा पूर्वमन्त्री केसीले भने, “पार्टीको १४ औँ महाधिवेशनबाट पार्टीभित्रको गुटबन्दी देशैभरिबाट अन्त्य गर्नुपर्दछ, यसमा सबै अगुवा पार्टी कार्यकर्ताले अहिलेबाटै जिल्ला–जिल्लादेखि यो अभियान थाल्नु पर्दछ ।”

नेपाली कांग्रेस पार्टी बिपीको विचारबाट सञ्चालन भएको हुनाले अहिले बिपीको विचारको मिथ्या व्याख्या गरेर पार्टीभित्र गुटबन्दी गर्ने सबै नेताहरुलाई आगामी महाधिवेशनबाट ठिक ठाउँमा ल्याउनुपर्ने उनको भनाइ थियो । गुटबन्दीको अन्त्य गर्नेगरी अहिले आफूहरुले समेत अभियान चलाइरहेको धारणा नेता केसीको थियो ।

अर्का केन्द्रीय सदस्य धनराज गुरुङले आगामी १४ औँ महाधिवेशनबाट पार्टीभित्रको सबै गुटबन्दी अन्त्य भएर जाने र सबैले मिलेर अन्त्य बनाउनुपर्ने धारणा राखे । उनले कांग्रेस बिपीको विचारबाट बनेको र अहिले बिपीको विचारलाई छाडेर सबैले आफ्नै व्याख्या र विश्लेषण गरेर गुटबन्दीमा लागेका कारण पार्टी कमजोर भएकाले गुटबन्दीको अन्त्यका लागि जिल्लाका अगुवा कार्यकर्ताले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।

प्रशिक्षण कार्यक्रममा उदयपुरका करीब ४०० अगुवा कार्यकर्ताको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस