३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोलिटेक्निकका कर्मचारीको आन्दोलन जारी

अ+ अ-

बनेपा । काभ्रेपलाञ्चचोकको बनेपा नगरपालिका–५ आजादडाँडामा रेहको नेपाल–बनेपा पोलिटेक्निक इन्स्टिच्युटका कर्मचारी आन्दोलित भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गतको आङ्गिक शिक्षालय सो इन्स्टिच्युटमा कार्यरत पाँच करार सेवाका कर्मचारीको नियुक्ति म्याद थप नगरिएको भन्दै राष्ट्रिय कर्मचारी सङ्गठन (सीटिइभिटी) र कर्मचारी सङ्घ (सीटिइभिटी)ले संयुक्तरूपमा थालेको आन्दोलन जारी राखेका हुन् ।

कर्मचारीहरुले शिक्षालय प्रशासनद्धारा कर्मचारी हकहितविरुद्ध हुने गरी करार सेवामा कार्यरत केही कर्मचारीको नियुक्ति म्याद थप नगरिएपछि आन्दोलन गर्नुपरेको जनाएका छन् । दुवै सङ्गठनले संयुक्त विज्ञप्ति जारी गर्दै यही भदौ १९ गते सो विषयमा प्रशासनको ध्यानाकर्षण गराएका थिए । सो विज्ञप्तिको कुनै सुनुवाइ नगरेको र समस्या समाधानको विषयमा पनि कुनै वास्ता नगरेको भन्दै आन्दोलनमा उत्रनुपरेको कर्मचारीहरुले बताएका छन् ।

दुवै सङ्घ/सङ्गठनले विभिन्न माग राखेर तीन दिनदेखि आन्दोलन गरिरहेका छन् । जसअनुसार आज सम्पूर्ण कर्मचारीले पेनडाउन गर्ने कार्यक्रम रहेको जनाएको छ । सोमबार प्रशासन कार्यालय अगाडि कालोपट्टी बाँधेर एक घण्टा धर्ना दिएको थियो । त्यस्तै पहिलो दिन हातमा कालोपट्टी बाँधेर साङ्केतिक विरोध गरेका थिए । मागको सम्बोधन नगरे यही भदौ २८ गतेदेखि शिक्षालयमा तालाबन्दी गर्न बाध्य हुने विज्ञप्तीमा उल्लेख छ ।

इन्स्टिच्युटका प्रमुख मिस्टरकान्त मैनालीले बजेट कार्यक्रममा भएको सिलिङ र पदका लागि प्रस्तावित दरबन्दी सीमित भएका कारण म्याद थप गर्न नसकेको बताए । “पदको अवस्थाअनुसार तीन जना मात्रै रहेकाले आठमध्ये पाँच जनाको म्याद थप गर्न सकेनौँ”, मैनालीले भने, “त्यस विषयमा भएको आन्दोलनको बारेमा माथि विभागमा जानकारी गराइसकिएको छ ।”

कर्मचारीले करारमा रहेका कर्मचारीमध्ये बाँकी रहेका कर्मचारीलाई तत्काल नियुक्तिपत्र दिने व्यवस्था मिलाउनुपर्ने, प्रशिक्षणतर्फको कर्मचारीको यस वर्षको नियुक्तिपत्रमा उल्लेखित बुँदा नं १४ खारेज गरी नयाँ नियुक्तिपत्र दिइनुपर्ने, प्रशिक्षणतर्फबाट कर्मचारीको हकमा शिक्षालय प्रमुख, शिक्षालय उपप्रमुख, शैक्षिक संयोजक तथा कोर्ष संयोजकले समेत नियमअनुसार पठनपाठन कार्यमा संलग्न हुनुपर्नेलगायतका माग रोखर आन्दोलन गरिहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस