३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवलपरासीमा डेङ्गु नियन्त्रण अभियान

अ+ अ-

परासी । पछिल्लो समय देशका ५६ जिल्लामा फैलिएको डेङ्गुको सङ्क्रमण पश्चिम नवलपरासीमा पनि देखिएको छ ।

हालैमात्र जिल्लामा डेङ्गुका तीन बिरामी फेला परेका छन् । जिल्लाको बर्दघाट नगरपालिकामा दुई र रामग्राम नगरपालिकाको परासीमा एक डेङ्गु प्रभावित फेला परेका हुन् ।

स्वास्थ्य कार्यालयका निरीक्षक छवि गिरीका अनुसार बर्दघाटका दुई जना उपचारपछि घर फर्किएका र परासीका अर्का एक व्यक्तिको पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको छ ।

जिल्लामा डेङ्गुको सङ्क्रमण भेटिएलगत्तै नियन्त्रणका लागि अभियान नै सञ्चालन गर्न लागिएको छ ।

छिमेकी जिल्ला रुपन्देही, नवलपुर, पाल्पालगायत जिल्लामा केही समय पहिलेदेखि नै डेङ्गुका बिरामी भेटिए पनि पश्चिम नवलपरासीमा हालै मात्र यसको सङ्क्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

डेङ्गु भेटिएकाले जिल्लामा जनचेतना तथा सरसफाइ अभियान सञ्चालन गर्न स्थानीय तहहरुलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले बताए ।

‘हालसम्म जिल्लामा तीनजना मात्र पीडित भेटिएकाले यसलाई फैलिन नदिन नियन्त्रण अभियान सञ्चालन गर्न सबै सरोकार निकायलाई आग्रह गरेका छौँ’, उनले भने ।

स्थानीय तहका प्रमुखसहित सोमबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर सबै स्थानीय तहहरुले डेङ्गु रोग फैलिन नदिन सरसफाइको विशेष कार्यक्रम सञ्चालन गरिने, लामखुट्टेको बासस्थान र लार्भा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने निर्णय गरिएको थियो ।

यसका लागि सरकारी एवं निजी स्वास्थ्य संस्था र स्वास्थ्यका क्षेत्रमा क्रियाशील रेडक्रसलगायत संघसंस्थाले पनि आवश्यक सहयोग गर्ने, स्वास्थ्य कार्यालयले डेङ्गु रोगको सम्बन्धमा सचेतना कार्यक्रम सञ्चालन गर्ने, रोग नियन्त्रणका लागि कार्ययोजनासमेत तयार गरिने भएको छ ।

यसैगरी जिल्लामा डेङ्गु पीडितको तथ्याङ्क सङ्कलन गरी दैनिकरूपमा प्रतिवेदन पेश गर्न स्वास्थ्य कार्यालयलाई निर्देशन गरिएको प्रजिअ मरासिनीले जानकारी दिए ।

‘देशैभर डेङ्गुको त्रास फैलिएकाले जिल्ला प्रशासनले विशेष चासोका साथ नियन्त्रण अभियान सञ्चालन गर्न सक्रियता देखाएको हो’, उनले भने ।

प्रतिक्रिया दिनुहोस