१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनसेल फैसला अध्ययनबारे समितिले विज्ञको राय लिँदै

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा, कानून, न्याय तथा मानव अधिकार समितिले एनसेलको कर निर्धारणसम्बन्धी सर्वोच्च अदालतबाट भएको निर्णयको फैसला अध्ययनका सम्बन्धमा वरिष्ठ संविधानविद्सँग परामर्श गर्ने भएको छ ।

समितिको आजको बैठकमा सदस्य सञ्जयकुमार गौतमले ऐनसेलको विषयमा अघिल्लो बैठकमा उठाएका विषयमा के प्रगति भयो भनी ध्यानाकर्षण गराएपछि सभापति कृष्णभक्त पोखरेलले विज्ञको राय लिनुपर्ने देखिन्छ भने ।

सभापति पोखरेलले भने, ‘महाअभियोगसम्म लगाउन सक्ने क्षमता रहेको निकायले न्यायालयबाट भइरहेको कामका सन्दर्भमा अध्ययन नै गर्न नमिल्ने भन्ने छैन । वरिष्ठ संविधानविद्लाई बोलाएर छलफल गर्नुपर्ने देखिन्छ ।’

अदालतमा एनसेललगायतका विषयमा भएको निर्णयबारे नागरिक समाजमा चलेको बहसबाट समेत यस विषयमा छलफलको माग गरिरहेको हुँदा हामी गम्भीर भएका छौँ भन्दै उनले भने, ‘अदालतमा मुद्दा चलिरहेका बेला यस्तो हुनुपर्छ भनेर प्रभाव पार्ने गरी बाहेक भइसकेका फैसलाका बारेमा हुने रचनात्मक टीकाटिप्पणीले अदालतको अवहेलना हुँदैन । साझा धारणा राखेर अघि बढ्यौँ भने अध्ययन गर्न बाधा अड्चन छैन ।’

अर्का सदस्य मीन विश्वकर्माले फैसलाको एनसेललगायतका निर्णयलाई लिएर पूर्वप्रशासक र नागरिक समाजबाट पनि पक्षविपक्षमा बहस र छलफल सुनिएको हुँदा यस विषयमा समितिले विज्ञसँग छलफल गर्नु स्वाभाविक हो, साझा विषय बनाएर अघि बढौँ भने ।

समितिको आजैको बैठकले मुलुकका विभिन्न जेल र हिरासतमा मानव अधिकारको अवस्थाका बारेमा स्थलगत निरीक्षण गरी जानकारी लिने निर्णय पनि गरेको छ ।रासस

प्रतिक्रिया दिनुहोस