२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलायतले अझै पनि ब्रेक्जिट सम्झौता संशोधनको योजना अघि सार्न सक्छ : इयू

अ+ अ-

ब्रसेल्स । बेलायतले ब्रेक्जिट सहमतिलाई संशोधनका लागि ठोस प्रस्ताब नल्याएकाले सम्झौताबिहीन अवस्थामा बेलायतको यूरोपेली संघ (इयू) बहिर्गमनको सम्भावना बढेको इयूले मङ्गलबार बताएको छ ।

यूरोपेली आयोगकी प्रवक्ताले भने, ‘बेलायतसँग बहिर्गमनका सम्बन्धमा कूटनीतिक प्रक्रियाबारे ‘प्राविधिक वार्ताहरू’ भइरहेका छन् तर यसमा कुनै उल्लेखनीय प्रगति भएका छैनन् ।’

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिटका लागि नयाँ सम्झौता हुन सम्भव भए सम्झौता गरेर अन्यथा सम्झौताबिहीन अवस्थामा पनि तोकिएकै समय (अक्टोबर ३१ मा) बेलायत इयूबाट औपचारिकरूपमा बाहिरिने बताएको र यसको विरोध गर्दै आफ्नै दल कन्जरभेटिभ पार्टीका केही र विपक्षी लिबरल पार्टीका सांसदहरूले सम्झौताबिहीन अवस्थामा ब्रेक्जिट हुने अवस्था आउन नदिने बताएपछि इयूको यो प्रतिक्रिया आएको हो ।

‘हाम्रो बुझाईमा आगामी अक्टोबर ३१ मा बेलायत इयूबाट बाहिरिनेछ,’ आयोगकी प्रवक्ता मीना आन्द्रीवाले सञ्चारकर्मीसँगको कुराकानीमा बताए ।

के बेलायत र इयू सहमतिविना नै छुट्टिने सम्भावना छ भन्ने प्रश्नमा बेलायतका उच्च कूटनीतिज्ञ ड्याभिड फ्रस्ट इयू अधिकारीसँग वार्ताका लागि बुधबार ब्रसेल्स जाने कार्यक्रम रहेको छ । तर एन्ड्रिभाले भने पूर्व सहमतिलाई संशोधनका लागि बेलायतले कुनै उल्लेखनीय प्रस्ताव अहिलेसम्म नल्याएको बताए ।

जोनसनलगायतका ब्रेक्जिट अभियानका नेताहरूले यस पहिले पूर्व प्रधानमन्त्री टरिजा मेद्वारा इयूसँग गरेको सम्झौता बेलायतको हितमा नभएको भन्दै विफल पारिदिएका थिए । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस