४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सागमा पूर्वाधारको अभाव हुँदैन : मन्त्री विश्वकर्मा

अ+ अ-

कास्की । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा पूर्वाधारको अभाव नहुने बताएका छन् ।

पोखरा महानगरपालिका–२५ हेमजामा विष्णुपादुका क्लबको आयोजनामा विष्णुपादुका खेल मैदानमा आजदेखि शुरु भएको ‘तेस्रो विष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता’को उद्घाटन कार्यक्रममा उनले पोखरामा खेलाइने साग खेलका लागि समयमै पूर्वाधार निर्माण सम्पन्न गरिने स्पष्ट पारे ।

मन्त्री विश्वकर्माले सागको महिला फुटबल पोखरामा सञ्चालन हुने भएकाले हेमजाको गौरीशङ्कर विद्यालयको खेलमैदान, विष्णुपादुका खेलमैदान र दिव्यज्योति खेलमैदान सहयोगी मैदानका रूपमा स्तरोन्नति गरिएको र साग अगाडि सम्पन्न गरिने उल्लेख गरे ।

सो अवसरमा मन्त्री विश्वकर्माले हेमजाले पूर्वराष्ट्रिय खेलाडी एवं हालका अखिल नेपाल फूटबल सङ्घ ९एन्फा० उपाध्यक्ष कृष्ण थापालगायतका राष्ट्रिय खेलाडी उत्पादन गरेको चर्चा गर्दै नियमितरूपमा प्रतियोगिता गरेर क्लबले देशको खेल क्षेत्रको विकासमा योगदान गरेको बताए ।

गण्डकी प्रदेशसभाका सदस्य रामजीप्रसाद बरालले खेलकूदका पूर्वाधार निर्माणमा प्रदेश सरकारले योजना बनाएको बताउँदै चालू वर्षमा एक पालिका एक खेलमैदान निर्माण गरिने स्पष्ट पारे । यही भदौ २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित रु एक लाख २१ हजार १११, उपविजेताले रु ७१ हजार १११ तथा सेमिफाइनल पुग्ने दुई टोलीले रु १०/१० हजार पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष कृष्ण खड्काले जानकारी दिए ।

त्यसैगरी उत्कृष्ट खेलाडीलाई रु पाँच हजार तथा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, डिफेन्डर, मिडफिल्डर र फरवार्डलाई समेत रु तीन हजारका दरले पुरस्कृत गरिने क्लबले जनाएको छ । जिल्लास्तरीय सो प्रतियोगितामा ३४ टोलीले सहभागिता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस