काठमाडौं । सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटीको निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको छ।
कमल चित्रकार भदौ २० गते हुने चुनाव तत्कालको लागि बदर गर्नमा गर्दै सर्वोच्च अदालत गएका थिए । अदालतले तत्काल चुनाव नगर्न अन्तरिम आदेश दिएको हो ।
न्यायाधीश टंकबहादुर मोक्तानले निर्वाचन रोकेर दुबै पक्षलाई २२ गते अदालतमा उपस्थित हुन आदेश दिएका हुन् ।
नेपाल ओलम्पिक कमिटीको चुनाव यही २० गते हुने मिति तय भएको थियो । अध्यक्ष पदमा जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा छन् ।
त्यस्तै, जीवनराम प्यानलबाट महासचिवमा निलेन्द्रराज श्रेष्ठ छन् । यता, उमेशलाल प्यानलबाट पुरेन्द्रबिक्रम लाखे उठेका छन् ।