काठमाडौँ । टेलिभिजन प्रस्तोता रवि लामिछाने उच्च अदालत पुगेका छन्।
चितवन जिल्ला अदालतले धरौटीमा छाड्न दिएको आदेश बदरको माग गर्दै लामिछाने उच्च अदालत, पाटन पुगेका हुन् ।
फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ ‘क’ बमोजिम साधारण तारेखमा मुद्दा कायम गरिपाउँ भन्दै लामिछानेले निवेदन दर्ता गरेको अदालतले जनाएको छ ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको लागि दुरुत्साहन गरेको अभियोगमा जिल्ला अदालतले लामिछानेलाई ५ लाख र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
उनीहरुको निवेदनमाथि बुधबार प्रारम्भिक सुनुवाइ गर्ने उच्च अदालत हेटौंडा इजलासले जनाएको छ ।