२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्तरिक राजश्व विभागको महानिर्देशकमा कुँवर

अ+ अ-

काठमाडौँ । आन्तरिक राजश्व विभागको महानिर्देशकमा सहसचिव बिनोद बहादुर कुँवरलाई ल्याइएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले राजश्व प्रशासनमा सबैभन्दा बलियो विभाग मानिने राजश्व विभागको महानिर्देशकमा कुँवरलाई ल्याएका हुन् ।

वरिष्ठ सहसचिवहरूलाई प्रदेश मन्त्रालयको सचिवमा खटाउने सरकारको निर्णयसँगै विभागका महानिर्देशक विष्णुप्रसाद नेपाल कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा भएसँगै महानिर्देशक पद रिक्त रहेको थियो ।

प्रशासन तथा कार्यालय व्यवस्थापनमा अत्यन्तै प्रभावकारी प्रशासककारुपमा लिइने कुँवर यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासन महाशाखा प्रमुख थिए । केही दिनअघि गरिएको सयौँ सहसचिवहरूको सरुवासँगै उनको अर्थ मन्त्रालयमा सरुवा भएको थियो ।

कुँवर तिनै व्यक्ति हुन् जो यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहँदा सिंहदरवार परिसर व्यवस्थापन सम्बन्धमा गठित सिंहदरवार परिसर अनुगमन समितिको संयोजक भई सदियौँदेखिको फोहोर तथा थन्क्याइएका सवारी व्यवस्थापन गर्दै हरियाली प्रवर्द्धनमार्फत कर्मचारी वृत्तमा असल पहिचान बनाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीबाट सुरु एक नेपाली एक फलफुल बिरुवा रोप्न अभियानलाई सफल बनाउन सक्रिय भूमिका निर्वाह गरेका कुँवरको इच्छाशक्ति र समन्वयात्मक क्षमताले सिंहदरवारमा देखिने तथा महसुस हुने गरी परिवर्तन ल्याएको देख्न सकिन्छ ।

परिसर भित्रको झाडी तथा बन्जरलाई फलफुल बगैँचामा परिणत गर्नेदेखि सदियौदेखि प्रयोग विहीन अवस्थामा थन्क्याएर राखिएका(कतिपय चल्ने अवस्थाका) सयौँ सवारीहरूलाई प्रयोगमा ल्याउने जस्ता ऐतिहासिक निर्णय गराउन सफल कुँवरको ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सार्वजनिक खर्च मितव्ययितामा निर्वाह गरेको भूमिका जस्तै आन्तरिक राजश्व विभागमा पनि नतिजामूलक सुधारको अपेक्षासहित खटाइएको’ अर्थमन्त्री सचिवालय स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस