१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकामा फेरि गोलीकाण्ड : पाँच जनाको मृत्यु, २१ घाइते

अ+ अ-

ह्युस्टन । अमेरिकामा शनिबार फेरि अर्को गोलीकाण्ड भएको छ । घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने अरु २१ जना घाइते भएका छन् ।

देशको टेक्सास राज्यअन्तर्गत पर्ने ओडिसा नगरमा शनिबार दिउँसो एक बन्दुकधारीले हुलाक सेवाको ट्रक अपहरण गरी जथाभावी गोली चलाउँदै हिँडेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न श्वेतवर्णका झण्डै ३५ वर्षे बन्दुकधारीमाथि प्रहरीले चलाएको गोली लागी मृत्यु भएको थियो । तर बन्दुकधारीको नाम भने प्रहरीले खुलाएको छैन ।

‘टेक्सासको सार्वजनिक सुरक्षा विभागनजिकै सुरक्षाकर्मीहरुले एउटा होण्डा कार रोक्न खोज्दा प्रहरीमाथि गोली चलाएर भागेको थियो । त्यसपछि ती व्यक्तिले हुलाक सेवाको ट्रक अपहरण गरेर बाटोमा मानिसलाई गोली चलाउँदै हिँडेको थियो,’ ओडिसाका प्रहरी प्रमुख मिचेल गर्कले पत्रकार सम्मेलनमा भने ।

आक्रमणकारीले जथाभावी गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरुले पनि बताएका छन् । ‘घटनापछि धेरै पीडित भएका छन्,’ गर्कले भने । घटनामा परी घाइते भएका मध्ये तीन जना सुरक्षाकर्मी रहेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै घटनामा बारेमा आफूलाई महान्यायाधिवक्ताले जानकारी गराएको उल्लेख गरेका छन् । उनले सुरक्षाकर्मी र अनुसन्धानकर्ताहरुलाई पूर्ण रुपमा परिचालन गरिएको पनि बताए ।

टेक्सासका गभर्नर जर्ज अब्बेटले एक वक्तव्य जारी गर्दै क्रुर र विवेकहीन घटनाबाट आफू र आफ्नी श्रीमती अत्यन्त दुःखित भएको उल्लेख गरेका छन् ।
गत अगस्ट ३ मा टेक्सासको एल पासोमा भएको यस्तै गोलीकाण्डमा २२ जनाको मृत्यु भएको थियो ।रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस