४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेलकूदका माध्यमबाट समृद्धि हासिल गरिने : मन्त्री सुनुवार

अ+ अ-

काठमाडौं । युवा तथा खेककूदमन्त्री जगतबहादुर सुनुवार (विश्वकर्मा) ले खेलकूद क्षेत्रलाई अझ उँचो बनाउन र यस क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न खेलकूद विकास सम्बन्धमा व्यवस्था गर्न नयाँ विधेयक आएको स्पष्ट पारेका छन् ।

उनले भने,’खेलकूदको माध्यमबाट समृद्धि हासिल गर्ने सरकारको प्राथमिकता रहेको छ, देशको प्रतिष्ठा उँचो बनाउन खेलकूदको थप अभिवृद्धि गर्नु जरुरी छ ।’ प्रतिनिधिसभा, शिक्षा र स्वास्थ्य समितिकोे आजको बैठकमा विधेयक संशोधनकर्ता सांसदले उठाएको विभिन्न जिज्ञासाको जवाफ दिँदै मन्त्री सुनुवारले विधेयकले खेलकूद परिषद्को कार्य सम्पादनलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

उनले खेलकूदको थप पूर्वाधार विकास गरिने र पर्यटकीय तथा साहसिक खेलकूदको विकास र विस्तार गरिने जानकारी दिँदै खेलकूदलाई राजनीतिक विचारभन्दामाथि उठाउने प्रतिबद्धतासमेत जनाए ।

समितिका सदस्य दिव्यमणि राजभण्डारीले विधेयकमाथि संशोधन प्रस्तुत गर्दै खेलकूद परिषद्को सट्टा खेलकूद प्राधिकरण बनाउन, परिषद्का उपाध्यक्षभन्दा कार्यकारी निर्देशक बनाउन सुझाव दिए । उनले भने, ‘खेलकूद क्षेत्रलाई राजनीतिक आस्था, विचार र प्रभावभन्दा माथि उठाउन जरुरी छ ।’

समितिका अर्का सदस्य विमला विश्वकर्माले विधेयकले समावेशीतामा ध्यान नदिएको चर्चा गर्दै खेल मिलेमतो गर्ने खेलाडीमाथि कारवाहीको दायरा बढाउन माग गरे । प्रस्तावित विधेयकले खेल मिलेमतो गर्ने खेलाडीलाई एक वर्षसम्म कैद र रु एक लाखसम्मको जरिवानाको प्रावधान राखेको छ ।

समितिका सदस्य जीवनराम श्रेष्ठले खेलकूद क्षेत्रलाई अझ विकास र विस्तार गर्न लगानी बढाउन आवश्यक रहेकोमा जोड दिँदै लगानीले मात्र राम्रो नतिजा निकाल्न सक्छ भने । राष्ट्रियसभाबाट पारित भइआएको सो विधेयकमाथि १५ संशोधन परेको छ ।

प्रतिक्रिया दिनुहोस