नेपाल–भुटानबिच तेस्रो व्यापार सम्झौता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेपाल–भुटानबिच तेस्रो व्यापार सम्झौता


प्रशासन विशेष ब्युरो

१२ भाद्र २०७६, बिहिबार


काठमाडौँ । नेपाल-भुटानबिच तेस्रो द्विपक्षीय व्यापार सम्झौता भएको छ ।

राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच नेपालको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र भुटानका तर्फबाट आर्थिक मामिला मन्त्रालयका व्यापार विभाग निर्देशक सोनाम तेन्जिङले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा दुई देशबिच सहज एवं सरल रूपमा द्विपक्षीय व्यापार एवं पारवहन संविधान विकास गर्न व्यापार सम्झौता गर्ने सम्बन्धमा विस्तृत रूपमा छलफल भई व्यापार सम्झौताको मस्यौदालाई अन्तिम रूप दिइएको छ भने सो व्यापार सम्झौतालाई कार्यान्वयनमा लैजान आवश्इक पर्ने ड्राफ्ट प्रोटोकल, रुल्स अफ ओरिजनलगायत विषयमा समेत छलफल भई आगामी बैठकबाट अन्तिम रूप दिने सहमति भएको छ ।

दुई देशबिच भएको सम्झौताले नेपाल र भुटानबिच रहेको ऐतिहासिक तथा सौहार्दता दौत्य सम्बन्धमा थप प्रगाढ हुने विश्वास मन्त्रालयको छ ।

साथै चौथो द्विपक्षीय व्यापार सम्झौता वार्ता भुटानको थिम्पुमा गर्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस