१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काश्मिरी जनताको पक्षमा आवाज बुलन्द पार्न पाकिस्तानी प्रधानमन्त्री खानको आग्रह

अ+ अ-

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले काश्मिरका बारेमा लिएको कदमको विरोध गर्दै देशव्यापी रूपमा प्रदर्शन गर्न आह्वान गरेका छन् ।

‘म सवै पाकिस्तानीहरुलाई भोलि १२ बजेदेखि साढे १२ बजेसम्म घर बाहिर निस्किएर प्रदर्शनमा सहभागी हुन आह्वान गर्दछु,’ खानले बिहीबार भनेका छन् ।

उनले प्रदर्शनमा उत्रिनु भनेको काश्मिरका जनताप्रति ऐक्वबद्धता जनाएको पनि बताए ।

प्रधानमन्त्री खानले ट्वीटरमा लेखेका छन्, ‘हामी काश्मिरी जनताको पछाडि छौ भन्ने सन्देश कडारूपमा दिन सक्नुपर्दछ ।’

उनले शुक्रबार संयुक्तरूपमा प्रदर्शनमा उत्रिन पटक पटक आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभाको पूर्वसन्ध्यामा उनले यस्तो प्रदर्शनको आह्वान गरेका हुन् ।

उनले आउँदो महिनामा हुने महासभामा काश्मिरको दूतकोरूपमा काश्मिरका जनताको पक्षबाट आवाज उठाउने बताएका छन् ।

भारत र पाकिस्तानबीच काश्मिरको बिषयमा लामो समयदेखि विवाद रहँदै आएका समय भारत प्रशासित काश्मिरलाई भारतले दिँदै आएको स्वायत्ततासम्बन्धी व्यवस्था रहेको संविधानको धारा ३७० लाई खारेज गरी उक्त क्षेत्रलाई केन्द्र सरकारको मातहतमा राख्ने निर्णय गरेपछि भारत पाकिस्तानको विवाद थप जटिल बनेको छ । पाकिस्तानको पहलमा यो बिषय राष्ट्रसंघ सुरक्षा परिषद्मा पुर्‍याइएको छ ।

भारतीय गृहमन्त्री अमित शाहले धारा ३७० लाई केन्द्र सरकारको निर्णयमा निलम्बन गर्ने घोषणा गरेका थिए । सोही निर्णय अनुसार राष्ट्रपतिले काश्मिरलाई दिइदै आएको विशेषाधिकारको व्यवस्था रहेको संविभानको धारा ३७० र अनुच्छेद ३५ ‘ए’ लाई खारेज गरेको सूचना जारी गरेका थिए । उक्त निर्णया भारतीय संसदबाट पनि अनुमोदन भैसकेको छ ।

भारतको यो घोषणासँगै पाकिस्तानसँगको सम्वन्ध फरि चिसिएको छ भने अन्य देशहरु पनि विभाजित भएका छन् । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस