४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालद्वारा श्रीलङ्काको बादुरेलियालाई १६५ रनको चुनौती

अ+ अ-

काठमाडौं । नेपाली यू–१९ (उन्नाइस वर्षमुनिको) राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्काको स्थानीय क्रिकेट क्लब बादुरेलियालाई जितका लागि १६५ रनको लक्ष्य दिएको छ ।

श्रीलङ्काको कोलम्बोस्थित सरे क्रिकेट मैदानमा आज भएको दोस्रो अभ्यास खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै २०६ रन बनायो तर वर्षाले खेल प्रभावित भएपछि दोस्रो इनिङ्सको खेल ३५ ओभरमा छोट्टाएपछि बादुरेलियाले डकवर्थ लेविस पद्धतिका आधारमा १६५ रनको लक्ष्य पाएको हो ।

नेपालका लागि रित गौतम र हरि चौहानले अर्धशतकीय इनिङ्स खेले । रितले सर्वाधिक ७६ रनको योगदान दिए भने हरिले ५६ रन जोडे । त्यसैगरी सन्दीप जोराले २४ तथा आसिफ शेखले १४ रन जोडे ।

यसअघि पहिलो अभ्यास खेलमा नेपाल सिङहलेस क्रिकेट क्लब (एसएससी) को यू–२३ टोलीसँग तीन विकेटले पराजित भएको थियो । एसिसी यू–१९ एशिया कप क्रिकेटका लागि श्रीलङ्कामा रहेको नेपालले तयारीस्वरुप अभ्यास खेल खेलिरहेको हो ।

एशिया कपको पहिलो खेलमा भने नेपालले आयोजक श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ । समूह ’बी’ मा रहेको नेपालले श्रीलङ्कासँग यही भदौ २० गते खेल्नेछ । दोस्रो खेलमा नेपालले भदौ २२ गते बङ्गलादेश र अन्तिम खेलमा भदौ २४ गते संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्नेछ । त्यस्तै समूह ए मा भने भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् ।

प्रतिक्रिया दिनुहोस