३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धितोपत्र बजार : नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

अ+ अ-

काठमाडौं ।  धितोपत्र बजारमा आज शेयर कारोवारमापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.२६ अङ्कले घटेर एक हजार १९७.७५ मा पुगेको छ ।

त्यस्तै सेन्सेटिभ परिसूचक १.९९ अङ्कले घटी २६१.४० मा पुगेको छ । परिसूचक घटेपनि कारोवार भने औसत नै रहेको छ । स्टकका अनुसार आज १६८ कम्पनीका १३ लाख १९ हजार ८०६ कित्ता शेयर रु ३७ करोड १९ लाख ४४ हजार ४२९ मा खरिद बिक्री भए ।

आज कारोबार भएका ११ वटै उपसमूहको शेयर ओरालो लागेको छ । धितोपत्र बजारमा बैङ्किङ ९.५८, होटल १.१३, विकास बैंक ६.२२, जलविद्युत् १४.४६, वित्त १.७९, निर्जीवन बीमा ३७.२८, उत्पादन १३.०५, अन्य ७.१, लघुवित्त ९.२५ र सामूहिक लगानी कोषको शेयर ०.०३ अङ्कले गिरावट आएको छ ।

स्टकका अनुसार आज रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको संस्थापक शेयर सबैभन्दा बढी कारोबार भयो । सो कम्पनीको शेयर १० करोड ५४ लाख ६६ हजार २३७ रुपैयाँ ५० पैसामा खरिद बिक्री भई शीर्ष स्थानमा रह्यो । यस्तै कुमारी बैङ्कको रु तीन करोड ५० लाख २० हजार ६७५, एनआईसी एशिया बैङ्कको रु तीन करोड २० लाख ९४ हजार ४१८, प्रभू बैङ्कको रु एक करोड ६ लाख २३ हजार ४८८ मा खरीद बिक्री भयो ।

समग्र परिसूचक घटेपनि सबैको लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.८६ प्रतिशतले कमाए । त्यस्तै आँधीखोला लघुवित्त वित्तीय संस्था ४.००, हिमालयन पावर पार्टनर ३.३८, युनाइटेड फाइनान्स लिमिटेड २.७५, एभरेष्ट इन्स्योरेन्स कम्पनी २.६३ र नविल प्रगति फण्डका लगानीकर्ताले १.९३ प्रतिशतले कमाए । यस्तै दिव्यश्वरी हाइड्रोपावरका शेयरधनीले ४.९२ प्रतिशतले गुमाउँदा सामुदायिक लघुवित्त वित्तीय संस्था ३.६४, हिमालयन डिस्टलरी ३.४८, नेशनल हाइड्रोपावर कम्पनी ३.३३ र रसुवागढी हाइड्रोपावरका शेयरधनीले ३.१४ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस