३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँ जलविद्युत् आयोजना निर्माणमा एक वर्ष ढिलाइ

अ+ अ-

दमौली । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे निर्माणकार्य एक वर्षपछि धकेलिएको छ । आयोजनाको पहिलो प्याकेजअन्तर्गतको ठेक्का पाएको सिएमसीसँग ठेक्का रद्द भएर पुनः बोलपत्र आह्वान भएपछि आयोजनाको निर्माणकार्य एक वर्षपछि धकेलिएको हो ।

बाँधलगायत पहिलो प्याकेजका संरचना निर्माणका लागि आयोजनाले पुनः बोलपत्र आह्वान गरेको थियो । त्यसका लागि १९ कम्पनीले चासो देखाए पनि चार कम्पनीले बोलपत्र पेश गरेका छन् । चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड चाइना, सिनो हाइड्रो कर्पोरेशन लिमिटेड चाइना, चाइना नेशनल इलेक्ट्रिक इञ्जिनीयरिङ कर्पोरेशन लिमिटेड र सोङ डा कर्पोरेशन भियतनाम÷कालिका कन्ट्रक्सन÷नेपाल जेभीले पेश गरेको बोलपत्रको मूल्याङ्कन गर्ने काम भइरहेको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्धक रमेशमान श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार कम्पनीहरुले पेश गरेको प्राविधिक बोलपत्रकोे मूल्याङ्कन गरी सारभूतरुपमा प्रभावग्राही कम्पनीको मात्रै वित्तीय प्रस्ताव खोलिनेछ । “प्राविधिक बोलपत्रको मूल्याङ्कन सम्पन्न गरी सहमतिका लागि एडिबीमा पठाउने अन्तिम तयारी गरेका छौँँ”, उनले भने, “एडिबीबाट सहमति आएपछि वित्तीय प्रस्ताव खोल्नेछौँ ।” आगामी कात्तिकको दोस्रो साता (अक्टोवर २०१९) भित्रमा ठेक्का सम्झौता गर्ने र पुसको दोस्रो साता (डिसेम्बर २०१९) भित्रमा आयोजनास्थलमा निर्माण व्यवसायी कम्पनी परिचालन गर्ने तयारी थालेको छ ।

पहिलो संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि तनहुँ हाइड्रोपावरले गत वैशाख १२ गते पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । आयोजनाका प्रबन्धक श्रेष्ठका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति १६.१७ र आर्थिक प्रगति १२.३३ प्रतिशत रहेको छ । सिएमसीसँग ठेक्का तोडेर नयाँ ठेक्का आह्वान गर्दा निर्माणको काम एक वर्ष ढिलाइ भएको श्रेष्ठले बताए । आयोजनाको २०० मिटर टेष्ट टनेल खनिसकिएको छ भने एक हजार २०० मिटरको मुख्य टनेल खन्न बाँकी छ ।

“ठेक्का रद्द नभएको भए अहिलेसम्म केही कामहरु शुरु भइसक्थे”, उनले भने, “पुनः बोलपत्र आह्वान गर्दा काम प्रभावित भएको छ, यसले आयोजनाको निर्माणकार्यलाई पछाडि धकेलेको छ ।” निर्माण व्यवसायी कम्पनीले आयोजनाको १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुई सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गर्नेछ । पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकाय एशियाली विकास बैंक (एडिबी) र युरोपेली लगानी बैक (इआइबी) को सहुलितपूर्ण ऋण परिचालन हुनेछ ।

आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजका लागि सिनो हाइड्रो कर्पोरेशन लिमिटेडले आयोजनस्थलमा काम गरिरहेको छ । सिनो हाइड्रोले अहिले आयोजनास्थलमा कार्यालय भवन, श्रमिक आवासगृहलगायतका संरचना निर्माण, आयोजनाको प्रवेशमार्ग र अन्य संरचनाको सर्वेक्षण, डिजाइन र निर्माण गरिरहेको आयोजनाका साइट इन्चार्ज विदुर अधिकारीले जानकारी दिए ।

सिनो हाइड्रोले आयोजनाको पहुँचमार्गसम्म पुग्न एक हजार १०० मिटर ट्र्याक खोलिसकेको छ भने ४०० मिटर ट्र्याक खोल्न बाँकी छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ । कम्पनी आयोजनास्थलमा परिचालन भई प्रसारण लाइनको चेक सर्भे गरिरहेको अवस्था छ ।

आयोजनाको कूल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रहेको छ । यसमध्ये एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, इआइबीले आठ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणले आठ करोड ७० लाख अमेरिकी डलर व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

यसका लागि सम्बन्धित दातृ निकाय र नेपाल सरकारबीच ऋण सम्झौता तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण तथा उक्त कम्पनीबीच सहायक ऋण सम्झौता सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण विसं २०८१ को असार दोस्रो साताभित्र (सन् २०२४ जुन) सम्पन्न गर्ने लक्ष्य रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस