३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेयर बजार : नेप्से घट्यो

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । साताको आज दोस्रो दिन नेप्से ६.४९ बिन्दुले घटेर एक हजार २०३.१३ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.०७ बिन्दुले घटेर २६२.३७ मा पुगेको छ ।

नेप्से घटेपनि कारोवार रकम भने औसतमा रहेको छ । कूल १७२ कम्पनीको १६ लाख तीन हजार ३२६ कित्ता शेयर रु ३८ करोड पाँच लाख ९६ हजार ५७१ मा कारोबार भयो ।

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहको शेयर नै आज ओरालो लागेको छ । बैंकिङ ४.८५, होटल १४.३३, विकास बैंक ४.०८, जलविद्युत् ८.८८, वित्त २.४७, निर्जीवन बीमा २८.३६, उत्पादन २२.५२, अन्य ४.४८, लघुवित्त ०.८१, जीवन बीमा ६८.०३ र सामूहिक लगानी कोष ०.०६ बिन्दुले घटेको छ ।

सोमबार प्रभु बैंकको संस्थापक शेयरको सबैभन्दा बढी कारोवार भएको छ । सो बैंकको रु १० करोड २१ लाख ६१ हजार ७८४ बराबरको कारोवार भयो । यस्तै नविल बैंक रु एक करोड ७९ लाख २९ हजार ३०, नेपाल बैंक रु एक करोड ६७ लाख ११ हजार ६५४, एनआइसिएशिया बैंक रु एक करोड ३८ लाख ८२ हजार ३९७, नेपाल लाइफ इन्स्योरेन्स रु ९२ लाख ८६ हजार र रसुवागढी जलविद्युत् कम्पनी रु ८५ लाख ४६ हजार ७९० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज साल्ट टे«डिङ कम्पनीका शेयरधनीले ४.८७ प्रतिशतले कमाएका छन् । यस्तै मेरो माइक्रोफाइनान्स वित्तीय संस्था ४.६७, आँधीखोला लघुवित्त वित्तीय संस्था ३.८०, कर्णाली डेभलपमेन्ट बैंक ३.७७, र सबैको लघुवित्त वित्तीय संस्था ३.७५ प्रतिशतले कमाए ।

यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनी ६.३३, आँखु खोला जलविद्युत् कम्पनी ५.९७, एनआइबिएल प्रगति फण्ड ५.४५, सिर्जना फाइनान्स ४.४१, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ४.३० र रसुवागढी हाइड्रोपावर कम्पनीका शेयरधनीले ४.१० प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस