२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिटर रिडिङ समयमा नहुँदा सेवाग्राहीलाई सास्ती

अ+ अ-

भीमदत्तनगर । हरेक महीना सेवाग्राहीहरुको घरमा पुगेर मिटर रिडिङ गर्नुपर्ने नेपाल विद्युत् प्राधिकरणको प्रावधान रहे पनि यहाँस्थित विद्युत् कार्यालयका कर्मचारीको बेवास्ताका कारण सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।

कञ्चनपुरको भीमदत्तनगरस्थित नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका कर्मचारीहरु मिटर रिडिङका लागि नआउँदा भीमदत्तनगरपालिका–१८ का स्थानीयबासीहरुलाई विद्युत् महसुल बुझाउन सकस भइरहेको बताउँछन ।

रिडिङ फाँटमा कर्मचारी अभावका कारण घर–घरमा पुगेर मिटर रिडिङ गर्न समस्या भइरहेको बताइए पनि भएका कर्मचारी पनि चार÷छ महीनामा एक पटक मात्रै रिडिङका लागि आउने गरेको भीमदत्तनगरपालिका–३ भगतपुरका नवराज भण्डारीले बताए ।

“घरमा मिटर रिडिङ नभएको छ महीना बितिसक्यो, समयमा रिडिङ नहुँदा समस्या हुँदैछ, मिटर रिडिङका लागि कर्मचारी यहाँ आउँदैनन् ”, भण्डारीले भन्नुभयो, “विद्युत् कार्यालयमा गएर आफैँले रिडिङ गराएर महसुल बुझाउनु पर्ने अवस्था छ, चार÷पाँच महीनामा रिडिङ गर्न आए पनि अन्दाजमा तीन महीनाको अङ्क हालेर जान्छन ।”

अन्दाजमा रिडिङ गर्दा कम तिर्नुपर्ने ठाउँमा बढी रकम तिर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । पचास घरधुरी रहेको भगतपुरस्थित भण्डारी टोलमा चार महीनायता मिटर रिडिङ नभएको स्थानीयको भनाइ छ ।

विद्युत् कर्मचारी समयमै मिटर रिडिङमा नआउँदा जिल्लाभरि समस्या छ । भगतपुरका अर्का स्थानीय भीमराज भण्डारीले तीन महीनायता घरमा मिटर रिडिङ नभएको बताए । उनले पनि विद्युत् कर्मचारीहरु मिटर रिडिङ गर्न नआउँदा आफैँ कार्यालय धाउनुपरेको जानकारी दिए ।

“एकैचोटि हजारौँ रकम महसुल बुझाउँदा व्ययभार थपिने गरेको छ”, उनले भने, “महसुल समयमा नबुझाउँदा २५ प्रतिशत जरिवाना तिनुपर्ने अर्को बाध्यता छँदैछ ।”

विद्युत् महसुल बुझाउन पनि सेवाग्राहीले घण्टौँ लाइन बस्नुपर्ने बाध्यता लामो समयदेखि यथावत रहेको सेवाग्राहीको भनाइ छ । महसुल बुझाउनका लागि नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले ‘कुपन सिस्टम’ गरेपनि सेवाग्राहीसमेत नभएको सेवाग्राहीको गुनासो छ । वेदकोट नगरपालिका–९ का भालु रानाले विद्युत् महसुल बुझाउन दिनभर लाइन बस्नुपर्ने बाध्यता यथावत रहेको बताए । “महसुल बुझाउन यहाँ दुई वटा मात्रै काउन्टर राखिएका छन”, रानाले भने, “काउन्टर कम सेवाग्राही अत्यधिक भए ।”

महेन्द्रनगर बजार, दोधारा चादँनी, झलारी कलुवापुर, कृष्णपुरसम्म महेन्द्रनगर वितरण केन्द्रका ५५ हजार सेवाग्राही छन् । प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका प्रमुख जङ्गबहादुर चन्दले हरेक महीना मिटर रिडिङ गर्नुपर्ने प्रावधान रहे पनि केही दिन ढिलाइ हुने गरेको बताए ।

“रिडिङको सहजताका लागि रुट मिलान कार्य भइरहेको छ”, चन्दले भने, “घरहरु टाढा टाढा हुँदा पनि समस्या हुन्छ ।” उनले ग्राहक बढी र मिटर रिडिङ गर्ने कर्मचारीको सङ्ख्या कम भएकाले ढिलाइ हुने गरेको बताए । महेन्द्रनगर वितरण केन्द्रमा मिटर रिडिङमा ३२ कर्मचारी छन् । यस वितरण केन्द्रअन्र्तगत २० क्षेत्र तोकिएका छन । रासस

प्रतिक्रिया दिनुहोस