२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक प्राविधिक ज्ञानका लागि लगानी प्राधिकरण विधेयक आवश्यक : अध्यक्ष खड्का

अ+ अ-

विराटनगर । प्रदेश नं १ अर्थ समितिद्वारा प्रदेशसभामा पेश गरिएको ‘सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ मा आवश्यक सुधारका लागि सरोकारवालासँग आज यहाँ छलफल कार्यक्रमको आयोजना गरियो ।

कार्यक्रममा समितिका अध्यक्ष मोहनकुमार खड्काले नेपालीलाई प्रविधि ज्ञान वृद्धि गर्न, वैदेशिक पूँजी लगानी भित्र्याउन र नेपालीको आर्थिक उन्नति बढाउन संघीय सरकारको नीतिअनुसार विधेयक प्रदेश सरकारमा पेश गरिएको बताए ।

उनले विधेयकमा आवश्यक परिमार्जन गर्न ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई सहयोग प¥याउन आवश्यक सुझाव दिन सरोकारलाई आग्रह गरे । सो अवसरमा प्रदेशसभा सदस्य यशोदा अधिकारीले नेपाली उद्योगी व्यापारीको लगानीको सुरक्षाको ‘ग्यारेण्टी’ गर्नुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य संघ प्रदेश नं १ का कार्यवाहक सभापति राजेन्द्र राउतले रु पाँच अर्बभन्दा माथिको योजनामा विदेशी लगानी भित्र्याउन जोड दिँदै ठूला निर्माण कार्यमा नेपाली उद्यमीको बहुमतीय शेयर हुनुपर्ने सुझाव दिए ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले सगरमाथा, हलेसी, पाथीभरा जस्ता क्षेत्रमा विदेशी प्राकृतिक र धार्मिक पर्यटक ल्याउन आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने तथा वैदेशिक रोजगारीमा जाने युवालाई सरकारको लगानीमा गुणस्तरीय तालीम केन्द्र सञ्चालन गर्नुपर्ने बताए ।

छलफल कार्यक्रमा नेपाल निर्माण व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल, इञ्जिनीयर एशोसिएशनका प्रदेश अध्यक्ष यशवन्त विक्रम शाह, उद्योगी अनिल शारडा, सहकारी बोर्ड सञ्चालक सदस्य रमेश पोखरेल, प्राध्यापक अर्जुन गौतम, निर्माण व्यवसायी संघ मोरङका उपाध्यक्ष कमल गौतम र सञ्चारकर्मी विनोद सुवेदीले नेपाली उद्योगीलाई ध्यानमा राखी विधेयक ल्याउनुपर्ने र कृषिलाई उद्योगसँग जोड्नुपर्ने सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस