४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेलकूद विकास समितिविरुद्ध उजुरी

अ+ अ-

गलेश्वर । जिल्ला खेलकूद विकास समिति म्याग्दीले सामान खरीदमा आर्थिक हिनामिना गरेको र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयव्यय सार्वजनिक नगरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उजुरी परेपछि अख्तियार दुरुपयोग छानबिन आयोगले छानबिन प्रक्रिया अघि बढाएको जनाएको छ ।

हरेक वर्ष जिल्लामा आयोजना हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आर्थिक आयव्यय सार्वजनिक नगरेको र खेलकूदलगायतका सामान खरीद गर्दा वास्तविक मूल्यभन्दा बढीको मूल्य बनाई आर्थिक हिनामिना गरेको भन्दै छानबिन गर्न माग गरी अख्तियारको कार्यालय पोखरामा बेनामी उजुरी परेपछि छानबिन थालेको आयोगका सूचना अधिकारी मेघनाथ रिजालले बताए ।

यता खेलकूद विकास समिति कार्यालय म्याग्दीका कार्यालय प्रमुख दानबहादुर राईले पनि खेलकूद विकास समिति म्याग्दीविरुद्ध अख्तियारमा उजुरी परेको स्वीकार गरेका छन् । उनका अनुसार उजुरीमाथि अख्तियारले छानबिन थालेको जानकारी दिए । “खेलकूदलगायत विभिन्न सामान खरीद गर्दा आर्थिक हिनामिना गरेको र वार्षिक सार्वजनिक गर्नुपर्ने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयव्यय सार्वजनिक नगरेको विषयमा छानबिन गर्न माग गर्दै बेनामी उजुरी परेको छ”, सूचना अधिकारी रिजालले भने, “अख्तियारले उजुरीको विषयमा अनुसन्धान थालेको छ ।”

कार्यालय प्रमुख राईले भने खेलकूद विकास समितिमा कुनै आर्थिक अनियमितता नभएको जिकिर गर्दै व्यक्तिगत रिसईबीका कारण कसैले अख्तियारमा बेनामी उजुरी हालेको बताए । रासस

प्रतिक्रिया दिनुहोस