२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाङका २८ वडा सचिवबिहीन

अ+ अ-

तुलसीपुर । दाङका एकसय वडामध्ये २८ वडामा अझै सचिव पुग्न सकेका छैनन् । दाङका सुगम स्थानीय तहबाहेक विकट क्षेत्रका स्थानीय तहमा अझै पनि वडासचिव नपुग्दा कार्यसम्पादनमा समस्या हुने गरेको छ ।

वडामा सचिव नआउँदा एउटै कर्मचारीले धेरै वडामा काम गर्नुपर्ने अवस्था छ । अहिले वडा सरकार प्राविधिकले हाकिरहेका छन् । ग्रामीण क्षेत्रमा कर्मचारी जान नमान्ने तर सुगम क्षेत्रका स्थानीय तहमा जान कर्मचारी हानथाप गर्ने प्रवृति छ । केही समयअघि काम गरेका कर्मचारी पनि समायोजन पश्चात सरुवा भएर अन्यत्र गएपछि दाङका वडा सचिवबिहीन बन्न पुगेका हुन् ।

दाङको विकट क्षेत्र राजपुर गाउँपालिका–६ बाहेक अन्य सबै वडामा अहिले प्राविधिक कर्मचारीले सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् । दश स्थानीय तहमध्ये सुगम स्थानीय तहका रुपमा रहेका तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका र दङ्गीशरण गाउँपालिकाका सबै वडामा सचिव पुगेका छन् । तुलसीपुर र घोराहीका १९/१९ र दङ्गीशरणका सातवटै वडामा सचिव पुगेका छन् । अन्य सातवटा गाउँपालिकाका केही वडामा भने अझै पनि वडासचिव पुग्न सकेका छैनन् ।

अहिले सचिव नहुँदा पञ्जिकाको काम प्रभावित हुने गरेको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताए । “पञ्जिकरणको काम गर्न स्थायी कर्मचारीको हस्ताक्षर आवश्यक पर्छ”, उहाँले भन्नुभयो, “त्यसले गर्दा पनि स्थायी कर्मचारीका रुपमा रहेका प्राविधिकलाई पनि प्रयोग गर्ने गरिएको छ ।” वडाध्यक्षले सिफारिश गर्ने र एकजना सचिव वा सरकारी कर्मचारीको हस्ताक्षर आवश्यक पर्ने उनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस