२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अधिकारका लागि दलित समुदाय एकीकृत हुनुपर्छ : पूर्वप्रम भट्टराई

अ+ अ-

काठमाडौं । समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि दलित समुदायले एकीकृतरुपमा सङ्घर्ष गर्नुपर्नेमा जोड दिएका छन् । सङ्घीय समाजवादी शिल्पी महासङ्घ र दलित शक्ति नेपालबीच समायोजन भई निर्मित समाजवादी दलित मुक्त महासङ्घको घोषणा सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत भएका उनले संविधानमा दलित समुदायको हक सुनिश्चित गरिए पनि अधिकार गुम्ने खतरा बढ्दै गएकाले त्यसको रक्षा गर्दै थप अधिकारका लागि एकीकृत रुपमा सङ्घर्ष गर्नुपर्नेमा जोड दिएका हुन् ।

‘सदियौँदेखि आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पछाडि पारिएको दलित सुमदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूतको समस्यालाई शिक्षा र चेतनामार्फत अन्त्य गर्नुपर्छ’, उनले भने, ‘समावेशी र समानुपातिक सिद्धान्तलाई व्यावहारिकरुपमै कार्यान्वयन गर्न राज्यले नै पहल गर्नुपर्छ’ पार्टीका केन्द्रीय कार्य समिति अध्यक्ष तथा उपप्रधान मन्त्री उपेन्द्र यादवले दलित समुदायको मुख्य समस्या गरीबी भएकाले त्यसका लागि राज्यका तर्फबाट एकपटक ती समुदायलाई भूमि उपलब्ध गराउन पहल गरिने प्रतिबद्धता व्यक्त गरे ।

उक्त घोषणासभाले खिमबहादुर विश्वकर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ सो समितिको उपाध्यक्षमा मीनबहादुर परियार, चमेलीदेवी दास, सुनिता मरिक, सोमबहादुर नेपाली र लाल विश्वकर्मा रहेका छन् ।

महासचिवमा रणबहादुर रम्तेल, उपमहासचिवमा शान्त घतानी (प्रदीप) र भद्रमान मोतेलाई चयन भएका छन् भने सचिवमा सुनिल विश्वकर्मा, डिवी नेपाली, चन्द्र विश्वकर्मा, अर्जुनराम, होमबहादुर नेपाली, इन्दिरा खाती छानिएका छन् । यसैगरी कोषाध्यक्षमा चन्चला पराजुली र सहकोध्यक्षमा भक्तबहादुर दर्नाललाई चयन गरिएको छ । नवनिर्वाचित अध्यक्ष विश्वकर्माले आफ्नो सङ्गठन सधैँभरि दलित समुदायको अधिकारको लागि सङ्घर्षरत रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस